असार १४, सिन्धुली । कनपा तीनस्थित जलकन्या माध्यामिक विद्यालय चपौलीको एसईईको नतिजा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २०८१ चैतमा सञ्चालन भएको एसइइ परिक्षामा २४ जना विद्यार्थीले एसईईको परिक्षा दिएकोमा सबै विद्यार्थी उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण भएका हुन ।
रेजिनाइ हायूले सबैभन्दा धेरै ३.३९ जिपिए ल्याएकी छिन भने सुजन देवकोटा र कृष्ण दर्नालकामीले ३.३८ जिपिए ल्याएका छन् ।
देशभरिकाे नतिजा पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा यो वर्ष संख्या बढेर ६१.८१ पुगेको छ ।
नतिजा अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जनाले ल्याए । जीपीए ३.२ देखि ३.६ सम्म ८१
हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जनाले ल्याएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
त्यसैगरी, जिपिए २.० देखि २.४ सम्म ४१ हजार २६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएको बोर्डका अध्यक्ष शर्माले बताए । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको छ ।
