Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कान्तिपुर हाफ म्याराथन जेठ १७ मा, पुरस्कार राशिमा वृद्धि

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ १२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
कान्तिपुर हाफ म्याराथन जेठ १७ मा, पुरस्कार राशिमा वृद्धि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


कान्तिपुर पब्लिकेशन्स लिमिटेडले हरेक वर्ष आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण यही जेठ १७ गते शनिबार हुने भएको छ ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमोरो’ रहेको छ ।
नेपाली एथलेटिक्समा प्रतिष्ठित रनको रूपमा कान्तिपुर हाफ म्याराथन स्थापित भएको छ । विभिन्न देशमा आयोजना हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथन सफल हुँदै गइरहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले बताएका छन् । हाफ म्याराथनको कान्तिपुर म्याक्स टेलिभिजन, ईकान्तिपुर डटकम, कान्तिपुर इभेन्टको युट्युब पेजबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुष दुवैतर्फ समान ४ विधामा दौड हुनेछ । हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ । अन्य ३ विधामा कलेज रन ७ किमि, कर्पोरेट एन्ड सेलेब रन ५ किमि र ह्विलचेयर रेस ३ किमिको हुनेछ ।
सबै विधामा गरी २ हजार ५ सयभन्दा बढीको सहभागिता रहने सीईओ स्वाँरले जानकारी गराए । उनले हरेक वर्ष हाफ म्याराथनलाई परिष्कृत गर्दै जाने क्रममा यसपालि पुरस्कार राशिमा पनि वृद्धि गरिएको जानकारी गराए । उनका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशिमा ८ लाख नगद र ४ लाख बराबरको गिफ्ट ह्याम्पर रहेको छ ।
कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार जित्ने छन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् ।
ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार, दोस्रो हुनले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीले थप २५ हजार जित्नेछन् ।
पुरुषतर्फ हरिकुमार रिमालको १ घन्टा ६ मिनेट ४१ सेकेन्डको कोर्स रेकर्ड रहेको छ । महिलातर्फ कान्छीमाया कोजुको नाममा १ घन्टा १९ मिनेट २२ सेकेन्डको कोर्स रेकर्ड छ । दुवैले सातौं संस्करणमा बनाएका थिए । गत वर्ष कान्तिपुर हाफ म्याराथन आर्मीका दीपक अधिकारी र पुलिसकी राजपुरा पछाईले जितेका थिए ।
कर्पोरेट रन र कलेज रनतर्फ महिला र पुरुषका शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् ।
कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन दौड थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर टुंगिने छ ।
हाफ म्याराथनमा ओलम्पियन सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारी, राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने, राजन रोकाय, खडकबहादुर खड्का, गोपीचन्द्र पार्कीलगायत चर्चित राष्ट्रिय खेलाडीले भाग लिनेछन् ।
कर्पोरेट रन सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फन्को लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर मण्डला, बिजुलीबजार पुल अगाडिबाट फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिनेछ ।
कलेज रन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर बानेश्वर, माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक, सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिज्जा हर्ट, पेन रिलिफ पार्टनर झन्डु वाम, फुड पार्टनर नेपाल खाद्य तथा क्लाइमेट जस्टिस पार्टनरमा सेभ द चिल्ड्रेन, एयरलाइन्स पार्टनरमा श्री एयरलाइन्स छन् ।
रेस डाइरेक्टर आरके विष्टले प्रतियोगिताका प्राविधिक पक्षबारेमा जानकारी गराएका थिए । उनले रुटसहित आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयारी अवस्था रहेको बताए ।
दौड प्रतियोगिताको प्रमुख भूमिकामा ट्राफिक व्यवस्थापन पनि महत्वपूर्ण रहने गर्दछ । ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले पहिलोेदेखि अहिलेसम्मको संस्करणसम्म आफूहरू कान्तिपुर हाफ म्याराथनमा सँगसँगै रहेको स्मरण गराउदै कुनै पनि अवरोध विना सहभागीले दौड्न सक्ने गरी ट्राफिक व्यवस्थापन गरिने प्रतिवद्धता जनाए ।
मुख्य प्रायोजक ग्लोबल आईएमई बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले म्याराथनको यस प्रतिष्ठित प्रतियोगितामा लामो समयदेखि जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले एक दिन भए पनि दौडेर रमाइलो गरौं भन्न चाहेको सुनाए ।
२०६७ सालबाट सुरु भएको कान्तिपुर हाफ म्याराथनमा २०७५ सालमा सबैभन्दा बढी २ हजार ५ सय ६० जनाले कान्तिपुर हाफ म्याराथन दौडेका थिए । महिला र पुरुषका लागि समान पुरस्कारले पनि कान्तिपुर हाफ म्याराथनप्रति खेलाडीको आकर्षण बढिरहेको सीईओ स्वाँरले बताए ।
प्रतियोगिताको सफल खेलाडीमा महिलातर्फ कान्छीमाया कोजु र पुरुषतर्फ हरिकुमार रिमाल रहेका छन् । कान्छिमायाले पाँचपटक र हरिकुमार चार पटक कान्तिपुर हाफ म्याराथन जितेका छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।
कान्तिपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवसँगै फागुन ७ गते नै ‘कान्तिपुर हाफ म्याराथन’ गर्दै आएको थियो । यसलाई छुट्टै विधा बनाउनुपर्छ भनेर आठौं संस्करणदेखि फरक मितिमा प्रतियोगिता आयोजना गर्न थालेको सीईओ स्वाँरले बताए ।
कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कमा रहेको कार्यालयमा नाम दर्ता जेठ १४ गतेसम्म खुला रहने जनाइएको छ । साथै पबलतष्उगचभखभलतक।अयm मा अनलाइनबाट पनि दर्ता गर्न सकिने जनाइएको छ ।

Related

Previous Post

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ भित्रै सञ्चालनमा

Next Post

राष्ट्रपति रनिङशिल्ड जेठ २८ गतेदेखि

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
राष्ट्रपति रनिङशिल्ड जेठ २८ गतेदेखि

राष्ट्रपति रनिङशिल्ड जेठ २८ गतेदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूलाई विशेष छुट

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूलाई विशेष छुट

शनिबार, मंसिर २१, २०८२
नाडामा नबिलको गाडी कर्जा

नाडामा नबिलको गाडी कर्जा

मङ्लबार, अशोज ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In