काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएकाे छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।
बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।
बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो ।