Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न


काठमाडौं। फागुन १८, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएकोएक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनकोआयोजना गर्न लागेकोे र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो ।
उक्त छलफलमा खाशगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने,अटोमोवाइल क्षेत्र वाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, अन्तर मन्त्रालयहरुविच सहकार्य गर्ने,सहमतीका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रीत रह्यो ।
उक्त छलफलमा सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफनो धारणा राख्नु भयो । सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफना धारणाहरु राख्नु भयो ।
सो मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपरपृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषणगरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय रसहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाण्डौमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाटतथा छलफल भएको हो ।
यसैगरी सो मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसंग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगारसम्मेलनमा नाडाको एउटा स्टल समेत रहने छ ।
उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रिय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेकोथियो । त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।
यसै सिलसिलामा आजै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले सो मन्त्रालय अन्तर्गतरहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीचलागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MOU) मा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।
गत जनवरीको १७ देखि २२ सम्म भारतको नया दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ती तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिए विच त्रिपक्षिय चार बुंदे सझौता समेत सम्पन्न भएको थियो ।

Related

Previous Post

हर्टअट्याकपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

Next Post

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
Next Post
कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

बिहिबार र शुक्रबार केही प्रदेशहरुमा भारी बर्षा हुने सम्भावना

मङ्लबार, असार २६, २०८०
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

सोमवार, असार ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In