Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रूस युक्रेन युद्ध राेक्न साउदिमा वार्ता हुँदै

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ४, २०८१
in TOP STORIES
0
रुसी सेनामा कार्यरत ३ नेपालीको युक्रेन युद्धमा मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका, रूस र युक्रेनबीच साउदी अरबमा छलफल हुने भएको छ। 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन तीनै देशका अधिकारीहरू केही दिनमै साउदी अरब जाने भएका छन्अ मेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ विटकफ साउदी अरब जानेछन्।

You might also like

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

उनीहरू कहिले जाने भन्ने यकिन नभइसकेको रोयटर्सले जनाएको छ। प्रारम्भिक छलफलका लागि रूसबाट कुन कुन अधिकारी साउदी अरब पुग्नेछन् भन्ने यकिन नभएको पनि ह्वाइट हाउसका अधिकारी माइकल मिककोलले रोयटर्सलाई बताएका छन्।

ती अधिकारीहरूले साउदी अरबमा ट्रम्प, पुटिन र जेलेन्स्कीको भेटवार्ता र छलफलको वातावरण तय गर्ने भनिएको छ। यसअघि  माघ २२ गते अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी समकक्षी पुटिनसँग लामो टेलिफोन वार्ता गरेका थिए।

वार्ताका क्रममा उनीहरूबीच युक्रेनमा जारी युद्ध अन्त्यका लागि छलफल भएको भनेर ट्रम्पले सार्वजनिक गरेका थिए।

त्यतिबेला उनले मध्यस्तका लागि अमेरिकाले  विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाएको बताएका थिए।

ट्रम्पले युद्ध रोक्नका लागि पुटिन पनि सकारात्मक भएको टेलिफोन वार्ताबारे जेलेन्स्कीलाई पनि जानकारी गराउने  भनेका थिए। 

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनलाई साउदी नबोलाइएको बताएका छन्।

जर्मनीमा शुक्रबार भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले आफू त्यसबारेमा अवगत नभएको जानकारी गराएका थिए।

उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ।

म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए।

त्यसपछि युक्रेनलाई सहायता गर्दै आएका युरोपेली मुलुकका प्रतिनिधिहरूले भान्सलाई किएभको सुरक्षाको ज्ञारेन्टी अमेरिकाले लिन सक्छ भनेर प्रश्न गरेका थिए।

वार्तामा सहभागी नगराउने भनेपछि युरोपेली मुलुकहरू झस्किएको रोयटर्सले जनाएको छ।

यता अमेरिकी विदेशमन्त्री रूबिओले रूसी विदेशमन्त्री सर्गेई लावरोवसँग शनिबार कुराकानी भएको बताइएको छ।

रूसी विदेश मन्त्रालयले ट्रम्प र पुटिनबीच भेटवार्ताका लागि  दुई देशबीच नियमित सम्पर्क भइरहेको बताएको छ।

पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले चाँडै नै दुई देशका राष्ट्रप्रमुखहरुले एक अर्काको देश भ्रमण गर्ने पनि बताएका थिए।

ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका थिए।

 रूसविरूद्ध लड्न युक्रेनलाई अमेरिकाले हतियार र पैसा दिँदै आएको छ। त्यसका बाबजुद पनि खासै परिणाम नदेखिएपछि युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्छ भन्ने पक्षमा रहनेहरूमध्ये ट्रम्प पनि एक हुन्।

Related

Previous Post

भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु

Next Post

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

Sambridinews

Sambridinews

Related Posts

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
Next Post
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ

सक्रिय राजनीतिमा फर्किए रावि लामिछाने

आइतवार, पुस ६, २०८२
गाँजा खेतीबारे सरकारले एक महिनाभित्र नियमावली बनाउदै

गाँजा खेतीबारे सरकारले एक महिनाभित्र नियमावली बनाउदै

शुक्रबार, जेष्ठ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३
आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In