Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सांसद तथा पदाधिकारीको स्वकीय सचिवको योग्यता र नियुक्तिमा सर्वाेच्चकाे प्रश्न

Sambridinews by Sambridinews
बुधबार, कार्तिक २८, २०८१
in FEATURED, TOP STORIES
0
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वाेच्च अदालतले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का सांसद तथा पदाधिकारीहरूको स्वकीय सचिवको योग्यता र नियुक्तिमा प्रश्न उठाएको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले बुधबार संघीय संसद सचिवालयसँग योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति दिँदै राज्यकोषबाट तलब भत्ता वितरण भएको बारेमा जवाफ मागेको छ ।

अधिवक्ता माधवराज पोखरेलले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वाेच्चले विपक्षीहरू प्रधानमन्त्री कार्यालय, संघीय संसद सचिवालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग लिखित जवाफ माग गरेको हो । सर्वाेच्चले उनीहरूसँग योग्यता नपुगेका व्यक्तिहरू नियुक्तिको कारण माग गर्दै अर्काे  छलफलमा बहसका लागि उपस्थित हुन भनेको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सर्वाेच्चले हाललाई अन्तरिम आदेश जारी गरेको छैन तर उनीहरूको योग्यताबारे विपक्षीहरूको जवाफ लिएर यसबारे निर्णय सुनाउने भन्दै स्पष्ट रूपमा लिखित जवाफमा खुलाएर पठाउन आदेश दिएको छ ।

रिटमा संघीय संसदका पदाधिकारीहरू तथा सांसदहरूको स्वकीय सचिवहरूलाई दिइने तलब अनुसारको योग्यता कायम नगरिएको तथा लोकसेवा आयोगसँग परामर्शसमेत नगरी हचुवाको भरमा स्वकीय सचिवलाई राजपत्राङ्कित कर्मचारीहरूले पाउने तलब दिएको दाबी गरिएको थियो ।

यसरी योग्यता नपुगेका व्यक्तिलाई राज्यकोषबाट सुविधा दिनु नेपालको संविधानको धारा १८ समेत विपरीत रहेको दाबी रिट निवेदनमा गरिएको छ । जनताको आवश्यकता अनुसार कानुन निर्माण गर्ने निकाय एवं जनप्रतिनिधिहरूले आफ्नो स्वकीय सचिवका लागि योग्यता कायम नगराइ अधिकृत, उपसचिव र सहसचिवस्तरको तलब खुवाउने कुरा संविधान र विद्यमान कानुनको उल्लंघन तथा अधिकारको दुरुपयोग भएको दाबी रिटमा गरिएको छ । 

रिटमा योग्यता कायम नगरी अधिकृत, उपसचिव, सहसचिव स्तरको तलब दिने दिलाउने कार्य बन्द गर्न लगाइ सो सम्बन्धमा भएका गैरसंवैधानिक, गैरकानुनी निर्णय, कार्य तथा नियुक्तिलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

रिटको माग अन्तरिम आदेशभन्दा फैसला नै सुनाउनुपर्ने भएकाले अर्काे बहसमा दुवै पक्षलाई लिखित जवाफसहित उपस्थित हुन सर्वाेच्चले भनेको छ ।

रिटमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरिएको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ अनुसार स्वकीय सचिवालयका कर्मचारीहरूले सुरू स्केल अनुसारको तलबमात्रै पाउँछन् ।

संसद्ले बजेट पारित गरेपछि स्थायी कर्मचारी र मर्यादापालकले मात्रै एक महिनाको तलब बराबरको बजेट भत्ता पाउने व्यवस्था कानुनमा छ । तर, सचिवालयले स्वकीय सचिवहरूलाई पनि स्थायी कर्मचारी सरह भत्ता, गाडी, तेल र ड्राइभर सुविधा उपलब्ध गराउँदै आएको छ । त्यतिमात्र होइन, उनीहरूलाई अतिरिक्त भत्ता, महँगी भत्ता र खाजा/खाना समेत उपलब्ध गराउने गरेकाले यो रोकिनुपर्ने रिटमा उल्लेख छ ।

संसद् सचिवालयले सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका सचिवालयमा रहेका २८ जना कर्मचारीहरू अयोग्य रहेको र उनीहरूले राज्यकोषवाट तलब गैरकानुनी रूपमा बुझेको दाबी रिटमा गरिएको छ ।

ऐनको अनुसूची–२ मा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सरहका स्वकीय सचिव १ जना, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) सरह १ जना, राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) स्तरका १ जना राख्न पाउने व्यवस्था छ ।

त्यस्तै उपसभामुख, उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्तापक्षका नेता, सत्तापक्षका मुख्य सचेतक, उपसभामुख र उपाध्यक्षले निजामती सेवाका उपसचिवस्तरको स्वकीय सचिव राख्न पाउँछन् । विपक्षी दलको प्रमुख सचेतक, संसदका विभिन्न समितिका सभापति, सचेतकहरूले पनि उपसचिवस्तरको स्वकीय सचिव राख्न पाउँछन् ।

उपसचिवस्तरका कर्मचारीले कम्तीमा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा १० कक्षादेखि अधिकांशले १२ कक्षामात्र पास गरेको विवरण संसद सचिवालयमा पेस गरेर तलब भत्ता खाइरहेको अवस्थामा सर्वाेच्चले प्रश्न उठाएको हो ।

सर्वाेच्चले प्रश्न उठाएपछि के होला ?

सर्वाेच्चले लिखित जवाफ माग गरेर कारण देखाउ आदेश जारी गरेपछि योग्यता नपुगेका कर्मचारीहरू बारे संसद सचिवालयले नयाँ निर्णय लिनुपर्ने हुनसक्ने देखिएको छ । सर्वाेच्चमा कानुनले तोकेको योग्यता पुगेर नियुक्ति दिएको दाबी गर्न नसकिने भएकाले संसद् सचिवालयले यसमा चाल्ने कदमले नियुक्त भएका स्वकीयहरूको भविष्य निर्धारण हुने छ ।

यदि संसद् सचिवालयले अहिलेकै अवस्थामा बचाउ गरेर रिट खारेज हुनुपर्ने जिकिर गरेमा सर्वाेच्चले उनीहरूको नियुक्ति बदर गर्दै कानुन वा मापदण्ड बनाएरमात्र गर भन्न सक्ने देखिन्छ । सर्वाेच्चले हालसम्म यस सम्बन्धी स्पष्ट कानुन नभएको वा मापदण्ड नभएकाले बनाउनु अनि त्यही अनुरुप गर्नु भन्न सक्ने देखिन्छ । सर्वाेच्चले अर्काे सुनुवाइमा अन्तरिम आदेशको बारेमा निर्णय गर्ने छ । यदि उक्त सुनुवाइसम्म सबै विपक्षीको लिखित जवाफ परेमा भने अदालतले फैसला नै सुनाउने छ । हाल संघीय संसदका स्वकीयहरूको कुनै मापदण्ड नरहेको र उनीहरूले नियुक्ति गर्न पाउनेछन् भन्ने अन्तर्गत नै नियुक्ति पाएर काम गरिरहेको संसद् सचिवालयले जनाएको छ ।

सर्वाेच्चले गरेको आदेशबारे जानकारी प्राप्त भएपछि आवश्यक निर्णय लिइने संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेले बताए ।

Related

Previous Post

प्रहरीले नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ

Next Post

प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बेलायत नेपाललाई ६ वर्षभित्र ६६ अर्ब ८० करोड बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा

बेलायत नेपाललाई ६ वर्षभित्र ६६ अर्ब ८० करोड बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा

बुधबार, फाल्गुन ९, २०८०
आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै

आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै

बुधबार, जेष्ठ १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In