Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फिरौती लिएर एक व्यपारीको हत्या

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १८, २०८१
in TOP STORIES
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एक व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या भएको छ । असोज ६ गते बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका ८ को ४९ किलो भन्ने ठाउँमा एक पुरुषको शव फेला परेको थियो। जिल्ला प्रहरी काभ्रेका अनुसार उनको अपहरणपछि फिरौती लिएर हत्या गरिएको खुलेको हो।

मृतक कीर्तिपुर नगरपालिका ५ का ५० वर्षीय विनोद खड्गी भएको उनका छोराले सनाखत गरेका छन्। प्रहरीले अपहरणपछि ५ लाख रूपैयाँ फिरौती लिएर हत्यामा संलग्न रहेको आरोपमा ५ जनामाथि कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि बढाएको छ।

You might also like

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई भक्तपुरको मध्यपुर ठिमीमा डेरा बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल, महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम रहेका छन्।

ती व्यवासायीलाई हनी–ट्रयापमा पारेर युवतीको कोठामा बोलाएको र अपहरण गरी ५ लाख रूपैयाँ फिरौती पनि लिएको खुलेको छ। मनिषालाई भेट्न गएका खड्गीलाई यी ५ जनाले मनिषाको कोठाबाटै अपहरण गरेको र कुटपिट गरी फिरौती रकम लिएको काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

फिरौती रकम लिइसकेपछि उनीहरूले खड्गीको हत्या गरेर शव झाडीमा फालिदिएका थिए।

यसरी भयो अपहरणपछि हत्या
असोज ६ गते बिहान साढे ८ बजे पाँचखाल नगरपालिका ८ को ४९ किलो भन्ने ठाउँमा एक पुरुषको शव फेला प¥यो। तर भेटिएको शवको सनाखत हुन सकेन।

प्रहरीले सामाजिक सञ्जालमार्फत उनको हुलिया सार्वजनिक गरेर सनाखत गरायो।

उक्त शव विनोद खड्गीको भएको उनका छोरा विशाल खड्गीले सनाखत गरे। र अनुसन्धान गरी कारबाहीको माग गर्दै जाहेरी दरखास्त समेत दिए।

प्रहरीले आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्याको कारण पनि पत्ता लगाएको छ।

करिव ३ महिनाअगाडि मनिषा, भारतीय भन्ने बुझिएका अन्सु र शिवम् भारतको ग्रेटर नोइडा भन्ने ठाउँमा तुषार भन्ने व्यक्तिलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार लिई नेपाल फर्किएका थिए।

फर्किने क्रममा नेपालमा पनि मनिषा मार्फत यसरी नै कुनै धनी व्यक्तिलाई यौनजालमा पारी रकम लुट्ने योजना बनाउँछन्।

२०८१ साल असोज ४ गते साँझको ५ बजे मनिषा महतको भक्तपुरस्थित राधेराधेमा रहेको डेरामा उनीसहित अन्सु, शिवम्, सरिन र रिकेश भेला हुन्छन्। भोलिपल्ट एकजना गाडी पनि भएको पैसावाला व्यवसायी आउने र उसलाई फसाउने योजना बनाउँछन्।

सुरुमा उसलाई रक्सी खुवाउने, त्यसपछि खाना खाइसकेपछि कुटपिट गरी हातखुट्टा बाँधेर डर त्रास देखाई फिरौती रकम माग्ने योजना उनीहरूको हुन्छ।

असोज ५ गते अन्सु खानले बानेश्वरमा प्रतिक गौतमलाई भेटेर योजना बनाउँछन्। अनि, दुवैजना अन्सु खानको घरमा आउँछन्।

अन्सु खानले आशिष पासवानको फलफूल पसलमा गई योजना बताएपछि त्यहाँबाट चारजना मनिषाको डेरा जाने हिमालय गेटमा भेला हुने योजना बनाउँछन्।

असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु प¥यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्।

बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन्।

खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन्।

विनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अन्सुलाई फोन गरी भन्छिन्, ‘सबै तयार छ अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू।’

हिमालय गेटमा अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष जम्मा भएका थिए। प्रतिक र शिवम स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन्।

उनीहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन्। मनिषाको कोठामा पुगेर ढोका खोल्ने वित्तिकै विनोदलाई कुट्ने सल्लाह हुन्छ।

उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार नै विनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन्।

त्यसपछि उनीहरूले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ। तर मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन्।

विनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन्।

विनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएको कारणले अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। तत्काल ५ लाख रूपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि आर १५ मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनु भन्छन्।

साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्।

आशिष पासवान विनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन्।

प्रदीपले विनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख रूपैयाँ दिन्छन्।

१५÷२० मिनेटपछि आशिष पैसा लिएर मनिषाको कोठामा पुग्छन्। उनले अन्सुलाई पैसा दिन्छन्।

त्यसपछि मनिषा, अन्सु, शिवम्, आशिष र प्रतीक मिलेर यसले हामीलाई भोलिको दिनमा छोड्दैन यसलाई मारेर फालिदिऊँ भनी योजना बनाउँछन्।

आशिषले गाडी चलाउँछन्। अन्सु र शिवमले गाडीको बिचमा विनोदलाई राख्छन्।

मनिषाले गेट खोल्छिन्। गाडीको ढोका खोलेर घर वरिपरि रेक्की पनि मनिषाले गर्छिन्।

प्रतीकले गाडीको अगाडि स्कुटरबाट एस्कोर्ट गर्दै जाने सल्लाह उनीहरूको हुन्छ। त्यही अनुसार राति १० बजे मनिषाको कोठाबाट भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित गणेश मन्दिर हुँदै गुन्डु तर्फ जान्छन्।

गुन्डु जाने बाटोमा गाडी रोकेर विनोदको छातीमा ढुङ्गाले हान्छन्। त्यहीँ उनको हत्या गरेर साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पु¥याएर सडकबाट ८ मिटर तल झाडीमा विनोदको शव फालिदिन्छन्।

उनीहरू भने विनोदकै गाडी चढेर पुरानो ठिमी भित्री सडक खण्डमा पुग्छन् र गाडी पार्किङ गरी आ–आफ्नो घर तर्फ लाग्छन्।

असोज ६ गते विभिन्न स्थानमा भेटी अन्सुले मनिषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महत समेतलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार बाँडेको खुलेको प्रहरीको दाबी छ।

उनीहरूले घटनाको सम्बन्धमा प्रहरीले थाहा पाए के भन्ने भन्ने पनि पहिल्यै योजना बनाएका थिए।

मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र सोही कारण विवाद गरेपछि सामान्य कुटपिट झै–झगडा भएपछि विनोद निस्किएर गएको तर त्यसपछि अरु कुरा केही थाहा छैन भन्ने सल्लाह गरेका थिए।

तर प्रहरीले घटना थाहापाएसँगै हत्यामा संलग्नहरूलाई पनि पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि बढाएको छ।

Related

Previous Post

नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु

Next Post

१२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

Sambridinews

Sambridinews

Related Posts

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा : जनजीवन प्रभावित

१२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

आइतवार, कार्तिक ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

शनिबार, जेष्ठ २३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

शुक्रबार, जेष्ठ २२, २०८३
सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 
TOP STORIES

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

शुक्रबार, जेष्ठ २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In