
काठमाडौं, 3 असोज । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण विजेता प्रकाश राईको ४५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
उनको बुधबार बिहान निधन भएको हो ।
राइले चार दिन अघि पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि पाएका थिए ।
उनलाई स्वास्थ्यमा समस्या भएपछि तत्काल ग्रान्डी अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।
मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।