Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रिका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे दीक्षान्त समारोह स्थगित

Sambridinews by Sambridinews
सोमवार, भदौ २४, २०८१
in TOP STORIES
0
एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उपलब्धि सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक गर्न लागेको दीक्षान्त समारोहका लागि भव्य तयारी गरिएको थियो । सोही अनुसार देशभरबाट पाहुनाहरू जुम्ला पुगिसकेका थिए । दीक्षित हुने विद्यार्थी पनि उत्साहका साथ कोही स्थलमार्ग, कोही हवाईमार्गबाट जुम्ला पुगेका थिए ।

आइतबार कार्यक्रम हुने भए पनि केही दिन अघिदेखि नै जुम्ला सदरमुकाममा चहल–पहल बढिसकेको थियो । तर शनिबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण भन्दै जुम्ला आउन नसक्ने मौखिक जानकारी गराए । जबकि कार्यक्रमका लागि एक करोडको हाराहारीमा रकम खर्च भइसकेको थियो भने टाढाबाट विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम थियो । आइतबार बिहान उद्घाटनको तयारी गर्नेबेला प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले प्रधानमन्त्री आउन नसक्ने जानकारी आएको भन्दै दीक्षान्त समारोह स्थगित भएको सूचना जारी गरे ।

बर्खाको समय भए पनि ठुलो उत्साहका साथ परिवार तथा आफन्तसँग जुम्ला पुगेका विद्यार्थी निराश बने । ‘वर्षाको समय दुई दिन लगाएर जुम्ला आयौँ । दीक्षित हुने भनेर मैले बुबालाई ल्याएको थिएँ,’ बाजुराबाट जुम्ला पुगेकी रेणु सिंहले रातोपाटीसँग भनिन्, ‘तर बिहान एक्कासी कार्यक्रम नहुने भन्ने आयो । यो त प्रधानमन्त्रीको गैर–जिम्मेवारीपना हो ।’

रेणु बर्खामा बाटोको समस्या होला भनेर १९ गते नै जुम्ला पुगेकी थिइन् । उनका अनुसार सबै विद्यार्थी आफ्नो आमाबुबा, आफन्तलाई लिएर जुम्ला पुगेका छन् । दीक्षित हुने विद्यार्थी कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, दार्चुला, अछामदेखि सुर्खेत, नेपालगञ्जसम्मका छन् ।

‘खर्च त छँदैछ, यस्तो दुर्गम ठाउँमा टाढाबाट आएका थियौँ । यो त हामीमाथि धोका भयो,’ अर्का एक विद्यार्थीले भने ।

प्रतिष्ठानका तर्फबाट गर्ने काम पूरा गरे पनि प्रधानमन्त्री नआउने भएकाले दीक्षान्त समारोह स्थगित भएको सूचना आएको ती विद्यार्थीले बताए ।

कतिपयले स–साना बच्चासमेत ल्याएका छन् भने कोही गर्भवती समेत छन् । यसरी पुगेका अधिकांश विद्यार्थी होटलमा बसेका छन् ।

विद्यार्थीमात्र होइन, कार्यक्रमका लागि जुम्ला पुगेका पाहुनाहरू समेत निराश बनेका छन् । कार्यक्रमका लागि भनेर जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, कान्तिका सेजुवाल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, डा. आरपी विछा लगायत जुम्ला पुगेका थिए ।

प्रधानमन्त्री आउने भएपछि प्रदेश प्रहरी प्रमुख नेतृत्वको टोली केही दिनअघि नै जुम्ला पुगेको थियो ।

डा. रुइत जुम्ला पुगेर आँखाको उपचारमा संलग्नसमेत भइसकेका थिए । साथै शैक्षिक भवन उद्घाटन गर्ने भनेर पूरै तयारी भइसकेको थियो । गेट निर्माणदेखि फूलमालाले सजाउने, प्रधानमन्त्रीको फोटो टाँस्ने, सरसफाइ गर्ने, समारोहका लागि चाहिने सम्पूर्ण सामानको व्यवस्थापन समेत भइसकेको थियो ।

सबै गरेर करोडको हाराहारीमा खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासी कार्यक्रम स्थगित गर्नु गैर–जिम्मेवारीपना भएको जुम्ला पुगेका विद्यार्थी तथा पाहुना बताउँछन् । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको गैर–जिम्मेवारीपनाका कारण पाहुना र विद्यार्थीहरूले दुःख पाएको रातोपाटीलाई बताए ।

‘उहाँ (प्रधानमन्त्री) को ठुलो लापरबाही हो, तयारीका लागि खर्च पनि टन्नै भइसकेको होला,’ उनले भने, ‘कार्यक्रमकै लागि भनेर धेरै मान्छे जुम्ला पुगेका थिए । दीक्षान्तका लागि आएका मान्छे त प्रधानमन्त्रीका गल्तीका कारण बिचल्लीमा परे ।’

प्रधानमन्त्री ओली कहिल्यै पनि जिम्मेवारीपूर्ण रूपमा प्रस्तुत नहुने हुँदा मान्छेले दुःख पाएको शाहीको भनाइ छ । ‘न बिरामी, न मौसम खराबी अनि बिहान उद्घाटन गर्ने भनेर तयारी, राति व्यस्तताका कारण नआउने भन्दिनुहुन्छ,’ उनले भने ।

प्रतिष्ठान निर्माणको अगुवाइ गरेका नरेश भण्डारीले प्रधानमन्त्री जिम्मेवार नबन्दा त्यति ठुलो कार्यक्रम स्थगित हुनु आफैँमा राम्रो नभएको बताए । ‘उहाँ जिम्मेवार देखिनु भएन । कर्णालीलाई हेर्ने उहाँको दृष्टिकोणमै प्रश्न चिह्न खडा हुन्छ,’ उनले भने, ‘यदि यस्तै कार्यक्रम पूर्वतिर हुन्थ्यो भने उहाँ जसरी पनि पुग्नु हुन्थ्यो तर, कर्णालीप्रति उहाँको दृष्टिकोण नै सकारात्मक रहेको देखिन्न ।’

सिँजा सभ्यता विधेयकदेखि कर्णालीको विकासका क्षेत्रमा समेत ओलीले खासै चासो नदिने गरेको भण्डारीको भनाइ छ । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले यो कार्यक्रम अब कार्तिक २८ गते हुने बताए ।

(राताेपाटीबाट साभार ।)

Related

Previous Post

प्रधानन्यायाधीशका नियुक्तिका लागि संवैधानिक परिषदमा सिफारिस

Next Post

प्रधानमन्त्री ओलीको आदेश, कार्यालमा खाजा समय ३० मिनेट मात्र

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

प्रधानमन्त्री ओलीको आदेश, कार्यालमा खाजा समय ३० मिनेट मात्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

बुधबार, माघ ११, २०७९
माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय

माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय

आइतवार, फाल्गुन २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In