Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पहिलो ओलम्पिक पदक विजेता पलेशालाई राखेपको भब्य स्वागत

Sambridinews by Sambridinews
बुधबार, भदौ १९, २०८१
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
पहिलो ओलम्पिक पदक विजेता पलेशालाई राखेपको भब्य स्वागत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, भदौ १९ , राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भब्य स्वागत गरेको छ ।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे अवतरण गरेको पलेशासहितको पारा तेक्वान्दो टोलीलाई राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य, नेपाल तेक्वान्दो संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्त, एपीएफको ब्यान्ड टोली, पञ्चे बाजा, शुभचिन्तकलगायतले भब्य स्वागत गरे । त्रिभूवन विमानस्थलमा टोलीलाई स्वागत गर्दा तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति रहेको थियो ।
त्रिभूवन विमानस्थलमा स्वागतपछि पलेशासहित अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठको टोलीलाई नगरपरिक्रमा गराइएको थियो । त्रिभूवन विमानस्थलबाट सुरु भएको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, पलेशाको गृह क्षेत्र बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै त्रिपुरेश्वरस्थित राखेपको प्राङ्गण आएर कार्यक्रममा परिणत भएको थियो । नगर परिक्रमाको अग्र भागमा प्रहरीको स्कटिङ टोली, एपीएफको ब्यान्ड टोली, फोटो पत्रकार र क्यामराम्यानका लागि छुट्टाइएको सवारी साधन र त्यसपछि पारा तेक्वान्दो टोलीका लागि व्यवस्था गरिएको सवारी साधन थियो । ट्राफिक व्यवस्थापन चुस्त थियो ।
पारा तेक्वान्दो टोली सवार सवारी साधनमा खेलकुद मन्त्री चौधरी, सदस्य–सचिव घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ थिए ।
खेलकुदमन्त्री चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले खेल संघलाई खेल विकासमा ध्यान दिन आग्रह गर्दै एकतवाद्ध भएर काम गर्न सके खेलकुदले देशलाई धेरै दिन सक्ने विश्वास व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न पलेशा, प्रशिक्षक कविराज नेगी लामा, नेपाल तेक्वान्दो संघ, पलेशाका परिवारलगायतको धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको बताउदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको जानकारी गराए ।
उनले अहिले पलेशा र एरिका गुरुङ (एसियाली खेलकुदकी रजत पदक विजेता) लाई युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरे । सदस्य–सचिव घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै आगामी एसियाली खेलकुदका लागि तयारी सुरु भैसकेको बताए । उनले पलेशाले ओलम्पिकमा पदकको खाता खोलेको बताउदै यो खातामा पदक थप्न कैयन् खेलाडी लागि पर्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षक लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि सुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि, यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत ग¥यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।
पलेशाले न्यानो स्वागतका लागि धन्यवाद दिदै आफूले पदक जित्छ भन्ने सबैको भरोसालाई कायम राख्दै सफल भएकोमा खुशी व्यक्त गरिन् । पलेशाले आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्र र सम्पूर्ण नेपालीको भएको बताइन् ।
पलेशाले आफैलाई विश्वास गर्नु नै जितको सबै भन्दा ठूलो हतियार भएको बताउदै आफूले आफैलाई विश्वास नगर्ने हो भने कहिले पनि सफलता हात पार्न नसकिने धारणा व्यक्त गरिन् ।
नेपाल पारालिम्पिक कमिटकिा कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटी र नेपाल तेक्वान्दो संघका प्रवक्ता सामराज्यविक्रम पाण्डेले नेपाललाई अमूल्य पदक दिलाएकोमा पलेशासहित सम्पूर्ण टिमलाई बधाइ दिए ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा अगष्ट ३० तारिखमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् ।
पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो ।
पेरिस पारालिम्पिकमा पलेशा, भरतसहित पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि प्रतिस्पर्धा गरेका भरत पहिलो चरणमै जापानका खेलाडीसंग पराजित भए । भीम एस– ९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा हित चरणबाटै बाहिरिए ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

शर्माको बिदाइ

Next Post

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

शनिबार, कार्तिक ३०, २०८२
प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता

प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In