Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चिकित्सा शिक्षा आयोगकाे परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता हुने

Sambridinews by Sambridinews
बुधबार, साउन ३०, २०८१
in FEATURED, शिक्षा
0
चिकित्सा शिक्षा आयोगकाे परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले तिरेको शुल्क फिर्ता गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको आवेदन शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । सोही आधारमा आयोगले एनजी आएर प्रवेश परीक्षा दिनबाट वञ्चित हुने विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्न लागेको आयोगले जनाएकाे छ ।

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

भदौ १ गतेदेखि आयोगले दिने एकीकृत प्रवेश परीक्षा हुँदैछ । त्यसका लागि गत जेठ २८ गते नै सूचना जारी गरेको परीक्षाका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा ५१ हजार ७०० विद्यार्थीले आवेदन फारम भरेका थिए । तीमध्ये दुई हजारभन्दा बढी विद्यार्थीको कक्षा १२ को नतिजा एनजी आएको देखिएको थियो । नतिजा एनजी आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिन नपाउने आयोगले जनाएको छ ।

त्यस्तै पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूले समेत उक्त परीक्षा दिन नपाउने देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुनर्योगको नतिजा प्रकाशनमा ढिलाइ गर्दा उनीहरू यो अवसरबाट वञ्चित हुन लागेका हुन् ।

बोर्डले साउन १८ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । त्यसपछि नतिजा एनजी आएका र आयोगको फाराम भरेका विद्यार्थीहरू अन्योलमा परेका थिए । आयोगले समेत उनीहरूले परीक्षा दिन नपाउने भएपछि तिरेको शुल्क के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको थिएन ।

नतिजा एनजी आएर परीक्षा दिन नपाएका विद्यार्थीको मात्रै आवेदन शुल्क फिर्ता गरिने बताइएकाे छ । ती बाहेक परीक्षामा अनुपस्थित हुने विद्यार्थीको हकमा भने पैसा फिर्ता नगरिने उनको भनाइ छ ।

आयोगले आवेदन आह्वान गर्ने बेलामै पछि आवेदन शुल्क फिर्ता नगर्ने उल्लेख गरेको थियो । आयोगले एक विषयका लागि आवेदन दिँदा नेपाली विद्यार्थीको हकमा चार हजार रुपैयाँ शुल्क र विदेशी विद्यार्थीको हकमा आठ हजार शुल्क तोकेको थियो ।

आयोगले प्रवेश परीक्षाका लागि आवेदन दिँदा न्यूनतम २.४ जीपीए र कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख थियो । एनजी आएका विद्यार्थीहरूको हकमा परीक्षामा सहभागी गराउन नसकिने आयोगले जनाएको छ ।

आयोगले भदौ १ गतेदेखि एकीकृत प्रवेश परीक्षाको मिति तय गरेको छ । सोही मितिमा परीक्षा सञ्चालन गरिने र त्यसको आवश्यक तयारी पुरा भइसकेको आयोगले जनाएकाे छ ।

Related

Previous Post

ललितपुरको इमाडोलमा भित्री सडक भासियाे

Next Post

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउदै

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल

अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल

मङ्लबार, कार्तिक २८, २०८०
जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

आइतवार, माघ २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In