चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता– २०८१” को श्रावण २४ गते देखि २६ गते सम्म आयोजना हुने भएको छ ।
ललितपुर, सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने उक्त राष्ट्रिय प्रतियोगितामा ३ वटै विभागीय टिम लगायत सात वटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा ग्यरोगी (फाईट) र पुम्से (फर्म) विधा समावेश गरिनेछ जसमा ४४५ जना खेलाडीहरुले सहभागिताका लागि नाम दर्ता गरेका छन् जसमा ५२ ओटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न संघद्धारा ४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला निर्णायक र प्राविधिक परिचालन गरिनेछ । प्रतियोगिताको श्रावण २४ गतेको दिन भव्य समारोहका बिच उद्घाटन हुने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई राष्ट्रिय टिममा समावेश गर्नका लागि चयन गरिनेछ ।
