Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

Sambridinews by Sambridinews
शनिबार, असार २९, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ : माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो घर भित्र अटाउँछन् । जानेर या नजानेर लगाएको त्यो माया, सानो घर भित्र झांगिएको त्यो मायाको यात्रा जीवनभरिलाई एउटै रथमा एकनासले अघि बढ्नेछ । त्यहाँ कतैबाट विरोधाभास आउने छैन, कतैबाट असन्तुलन आउने छैन, कतैबाट अवरोध आउने छैन, एकअर्का प्रतिको प्रेमिल भावले सदावहार रहनेछ युग युग सम्म । त्यहि सानो घर भित्र अट्नेछ मायाको सानो संसार, दुई मुटुको धड्कन एक हुनेछ, तिनै दुई मुटुको भरमा फक्रनेछ, फुल्नेछ प्रेम ।
जीवभरि तिर्खा मेट्ने पानी उनकै हातले पाउने चाह छ मन भरि । पानीको प्यास अनि मायाको तिर्सना दुवै मेट्न काफी छ उनको साथ । बर्खे भेल सरि मन भरि उर्लेको माया सम्हाल्न पनि कठिन छ उनलाई, उनको साथको चाह मन भरि संगालिएको अनि मन भरि उर्लेको माया एक्लै सम्हाल्न पनि कठिन छ, उनको साथको खाँचो छ यतिबेला । प्रेमिल मन यस्तरी पग्लन्छ त्यति सायद हिमनदी पनि पग्लदैन । मनबाट पग्लेको त्यो प्रीतले यति ठुलो रुप लिन्छ त्यति सायद बर्खाको खहरे पनि उर्लदैन । यसरी उर्लेको मायाको भेल उनले एक्लै कसरी छेक्न सक्नु ? कसरी रोक्न सक्नु ? त्यसैले यो उर्लेको मायाको भेलमा उनले प्रेमिल साथ खोजेकी छिन् एउटा सानो घर भित्र ।
गीतकार नुतन भुसालले लेखेकी  प्रेमिल भावको गीत ‘एउटा सानो घर’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन  सहित पहिलो नेपाली चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वरमा सार्वजनिक भएको छ । उक्त गीतमा संगीत सुनिल मास्केको रहेको छ ।  
नुतन भुसालको को अफिसियल युटुव च्यानल नुतन म्युजिक मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो गोदावरीको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको  एरेन्ज संजिव बराइलीले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ किशोर थापाको  रहेको छ । ए वान म्युजिशियनको स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले नुतन भुसालका शब्दका भावहरु भिडियोमा सर्लक्क उतारेकी छिन् ।  

यति प्रेमिल गीत कहिले र कसरी लेखियो भन्ने सन्दर्भमा इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेल संगको एक अन्तर्वार्तामा गीतकार नुतन भुसाल भन्छिन् ‘यो गीत दुई, चार वर्ष अघि नै लेखेकी हुँ, गीत मैले आफ्नै कल्पना र सपनामा लेखेकी थिएँ । गीत रेकर्डको चाँजोपाजो मिलाउने क्रममा सुनिल मास्केको संगीतमा चर्चित गायिका बबिना भट्टराईको स्वरमा रेकर्ड गर्ने योजना बन्यो । योजना अनुसार बबिना जी को स्वरमा गीत रेकर्ड भयो र अहिले जस्केलो क्रियशन संगको सहकार्यमा बबिना जी ले भिडियो तयार गरेर मेरो आफ्नै च्यानलबाट सार्वजानिक भएको छ । बबिना जीको स्वरमा गीत निकै मीठो सुनिएको छ भने भिडियो पनि उस्तै राम्रो बनेको छ, बबिना जी को मेहनतको म खुलेर तारिफ गर्छु र आगामी दिनमा बबिना भट्टराईको स्वर र संगीतमा एउटा नारी प्रधान गीत रेकर्ड गर्ने पनि योजना बनाएकी छु, विश्वास छ उक्त गीत पनि दर्शक, श्रोताहरुले मन पराउनु हुनेछ ।’  

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

नुतन भुसालको प्रेमिल भाव रहेको सुन्दर शब्द  तथा नेपाली संगीतमा आँफूलाई स्थापित गर्नु भएका संगीतकार सुनिल मास्को संगीतमा पहिलो सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गायिका बबिना भट्टराई नुतन भुसालका सरल, सरस एवं मीठासयुक्त प्रेमिल भाव बोकेको एउटा सानो घर बोलको गीत गाउँदा आँफू पनि शब्दहरु संगै बहेको, प्रेमिल शब्दहरुले मनको भित्री कुना कुनामा प्रेमिल भाव झंक्रित भएको अनुभव संगाल्न पाएको बताउँछिन् । साथै आगामी दिनहरुमा पनि नुतन भुसालका शब्दहरुमा सहकार्य गर्ने अवसर पाउने विश्वास व्यक्त गरेकी छिन् ।

‘नुतन म्युजिक’ युट्व च्यानलमा ‘एउटा सानो घर’ हेरेर तथा सुनेर कवि तथा गीतकार एवं गजलकार उत्तम विचार लेख्छन् ‘गीत संगीतका फाँटमा एकछत्र राज रचाउन सफल चर्चित गायिका तथा सफल संगीतकार बबिना भट्टराई ज्यूलाई यति सुन्दर मायामा समर्पित गीत पस्किनु भएकोमा साथै सुमधुर शब्द सिर्जना गर्नुहुने नुतन म्यामलाई पनि त्यत्तिकै बधाई एवं  शुभकामना ।’ ‘नुतन म्युजिक’ युट्व च्यानलमा ‘एउटा सानो घर’ हेरेर तथा सुनेर उत्तम विचार लगायत धेरैले गीतका शब्द, संगीत र स्वर एवं भिडियो हेरेर समग्रमा गीत तथा गीतको भिडियो राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत
एउटा सानो घर होला हामी दुईको भर होला
नजानेरै प्रेम रथमा हाम्रो यात्रा संगै होला ।  

बादलुको घुम्टोबाट लजाउदै कर्के हेर्दा
मुटु मेरो टिपी लग्यौ मुस्कुराउँदै छड्के पर्दा
हाम्रो सानो संसार होला दुई मुटुको एउटै होला
नजानेरै प्रेम रथमा हाम्रो यात्रा संगै होला ।

देउ पानी तिनै हातले बुझाईदेउ प्यास मेरो
चाह छ  है तिम्रै साथको सम्हालिदेउ माया मेरो
एउटा सानो घर होला हामी दुईको भर होला
नजानेरै प्रेम रथमा हाम्रो यात्रा संगै होला ।  

भिडियो हेर्नुहोस् !
https://www.youtube.com/watch?v=3vJrz4EVLZM&ab_channel=NutanMusic

Related

Previous Post

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Next Post

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

मङ्लबार, अशोज ९, २०८०
एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

मङ्लबार, चैत्र १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In