Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने एमालेको निष्कर्ष

Sambridinews by Sambridinews
बिहिबार, असार २७, २०८१
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने एमालेको निष्कर्ष
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । 

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले संविधानअनुसार धारा ७६ (२) अनुसार सरकार गठनमा कुनै व्यवधान नरहेको निष्कर्ष निकालेको हो । 

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटकपटक सरकार बन्नसक्ने प्रष्ट पारिसकेको अवस्थामा अब बन्ने सरकार पनि संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने एमालेको निष्कर्ष रहेको बताए ।

“संविधानको धारा ७६ (२) अनुसार गठन हुने नयाँ सरकारमा कुनै पनि संवैधानिक जटिलता छैन र २०७८ सालमा पनि संविधानको धारा ७६ (२) अनुसार बनेको तत्कालीन केपी शर्मा ओलीको सरकारले पनि विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले फेरि ७६ (२) अनुसार नै सरकार बनाउन दललाई आह्वान गर्नुभएको थियो”, उपमहासचिव ज्ञवालीले भने, “अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठनका लागि आह्वान हुन्छ । स्थिर र बलियो सरकार नबनुञ्जेल सोही धाराबाट नै सरकार गठन हुनेमा एमालेमा कुनै द्विविधा छैन ।” 

नेपाली कांग्रेससँगको सहमतिपछि संविधान संशोधनका कुरा उठे पनि कुनकुन बुँदामा संशोधन गर्ने भन्ने कुरा स्पष्ट नभइसकेको बताउँदै उपमहासचिव ज्ञवालीले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्ने सकिने र संविधान जारी भएको १० वर्ष भएकाले पुनरावलोकन गर्न आवश्यक रहेको समेत बताए। 

“संविधानका केही दफाले राजनीतिक स्थायित्व, बलियो र  स्थिर सरकार बनाउनका निम्ति अप्ठ्यारो भएको छ । प्रदेश सरकार सञ्चालन थप समस्या छ । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने, “सुशासन र राजनीतिक स्थायित्वका निम्ति यदि संविधानका कुनै प्रावधान संशोधन गर्नुपरेमा सबै राजनीतिक दलको सहमति लिएर अगाडि बढ्छौँ ।” 

उपमहासचिव ज्ञवालीले एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने दललाई हैसियतअनुसार समेट्न सकारात्मक रहेको बताए ।

केन्द्रीय सदस्यलाई प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी

सचिवालय बैठकले केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा दिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए। 

एक वर्षअघि सबै केन्द्रीय सदस्यलाई सम्बन्धित भूगोलभन्दा बाहिर तोकेर कार्यविभाजन गरेको एमालेले त्यसलाई पुनरावलोकन गर्दै आफ्नै भूगोगमा खटाउने निर्णय गरेको हो । उनले आगामी सचिवालय बैठकमा कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर थप निर्णय गर्ने बताए ।

यस्तै पार्टी प्रदेश कमिटीले आफ्ना सदस्यको जिम्मेवारी पालिका र जिल्ला कमिटीले वडा कमिटी र पालिकाले टोललाई आधार मानेर कार्यविभाजन गर्ने निर्णय गरेको छ । 

टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसाबले पार्टी सदस्य विभाजन गर्नेगरी मापदण्ड निर्धारण गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

Related

Previous Post

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोसित

Next Post

सिजीको इभीमा समस्या, गुनासो बेवास्ता गर्दै कम्पनी

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सिजीको इभीमा समस्या, गुनासो बेवास्ता गर्दै कम्पनी

सिजीको इभीमा समस्या, गुनासो बेवास्ता गर्दै कम्पनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विप्लब नेकपाकाे महासचिवमा चयन

विप्लब नेकपाकाे महासचिवमा चयन

बुधबार, कार्तिक २, २०७९
सरकारले हाम्रा माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्छौँः निर्माण व्यवसायी

सरकारले हाम्रा माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्छौँः निर्माण व्यवसायी

शुक्रबार, साउन २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In