Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१ लाख २ हजार लाइसेन्स नक्कली

Sambridinews by Sambridinews
मङ्लबार, असार २५, २०८१
in TOP STORIES
0
१ लाख २ हजार लाइसेन्स नक्कली
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


असार २५, काठमाडौँ । ०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद भेटिएका छन् । यस अवधिमा कसैले दलाललाई पैसा खुवाएर लाइसेन्स बनाएको भए त्यो नक्कली हुन सक्छ । यसबारे पहिल्यै प्रहरी, यातायात व्यवस्था विभाग वा सम्बन्धित यातायात कार्यालयमा गएर जानकारी गराउनुभयो भने पक्राउ पर्नबाट जोगिन सक्नुहुनेछ ।

विभागले समिति बनाएर गरेको अनुसन्धानबाट उल्लिखित परिमाणका लाइसेन्स नक्कली रहेको प्रतिवेदन तयार पारेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली लाइसेन्सबारे गरिरहेको अनुसन्धानका क्रममा सम्बन्धित यातायात कार्यालयका कर्मचारी र दलालको संलग्नतामा यस्तो काम भइरहेको पाइएको छ ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

नक्कली लाइसेन्स बनाएकै आरोपमा सीआईबीले पक्राउ गरेका ६ जनालाई अनुसन्धान सकेर आइतबार सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरेसँगै थुनछेक बहस सुरु भएको छ । पक्राउ पर्नेमा उपसचिव र अधिकृत तहका कर्मचारी पनि छन् ।

पक्राउ पर्ने उपसचिवमा स्याङ्जा, चापाकोट–९ का यातायात कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख केशव अर्याल हुन् । उनी हाल लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । त्यस्तै पक्राउ पर्ने अन्यमा नवलपरासी, रामग्राम नगरपालिका–५ स्थित ड्राइभरचोक घर भई यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अधिकृत पदमराज आचार्य, पाल्पाको तानसेन नगरपालिका–३, स्थित धोबिधारा घर भई यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन शाखा अधिकृत सुवास पौडेल छन् ।

नवलपरासी गैंडाकोट घर भई यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल, सिरहा मिर्चैया–१, घर भएका यातायात व्यवस्था कार्यालय जनकपुर धुनषामा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साह र सिन्धुलीका केशव पौडेल पनि पक्राउ परेका छन् । नक्कली लाइसेन्स बनाउन संलग्न केही कर्मचारी र केही दलाल अझै फरार रहेकाले तिनको खोजी भइरहेको सीआईबीले जनाएको छ । पक्राउ परेका सबैलाई अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा पेस गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।

‘सबैलाई लिखत किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउन लागिएको हो,’ बोगटीले भने, ‘जसजसले दलालमार्फत लाइसेन्स बनाएका छन्, अनुसन्धानमा सहयोग गर्न आग्रह गर्छौं ।’ दलाल मार्फत लाइसेन्स बनाउनेलाई अभियुक्त बनाउनुपर्ने भए पनि उनीहरू पीडित भएको भन्दै आएर जानकारी दिने गरेकाले कागज गराएर पठाउने गरिएको बोगटीको भनाइ छ । यसरी बनाइएको लाइसेन्स रद्द हुनेछ । ‘प्रक्रिया पूरा नगरी लाइसेन्स लिन पाइएन,’ उनले भने, ‘दलालमार्फत बनाउनेलाई लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउँछौं ।’

नक्कली लाइसेन्स भएको व्यक्तिले सवारी साधन चलाएर दुर्घटना गराई कसैको मृत्यु भए लाइसेन्स नभएको सरह प्रहरीले मुद्दा चलाउने उनले जनाए । एकपछि अर्को लाइसेन्स नक्कली फेला पर्न थालेपछि त्यस्ता लाइसेन्सको छानबिन गर्न ०८० मंसिर २१ मा यातायात व्यवस्था विभागका निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिमा विभागकै शाखा अधिकृत अर्जुन अधिकारी, सविन श्रेष्ठ, डीएसपी तपनकुमार दाहाल र विभागका कम्प्युटर इन्जिनियर बोधराज बराल सदस्य थिए । समितिले किर्ते गरी बनाएका लाइसेन्सबारे अध्ययन गर्दा ०७२ मंसिरयता जारी १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद भेटिएका थिए ।

छानबिन समितिले अनुसन्धानसहितको प्रतिवेदन सीआईबीलाई बुझाएको थियो । यसअघि सीआईबीले ज्यान मुद्दामा पक्राउ परेका अभियुक्तलाई नक्कली लाइसेन्स बनाएर छुटाउने कर्मचारी, कम्प्युटर अपरेटर र दलाललाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । आरोपित धरौटीमा छुटे पनि मुद्दा भने टुंगिइसकेको छैन । नक्कली आशंका गरिएका १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्समध्ये अहिले सीआईबीले ३ सय ५० वटा लाइसेन्सको अनुसन्धान गर्दा सबै नक्कली फेला परेको विभागका महानिर्देशक उद्धव रिजालले बताए । ‘एउटा प्रयोगकर्ता (युजर) को आईडीबाट लाइसेन्स बनाउँदा १० भन्दा बढी गल्ती भेटिएपछि त्यसलाई अनुसन्धानको दायरामा ल्याइएको छ,’ उनले भने, ‘आशंका गरिएका अन्य लाइसेन्स पनि नक्कली फेला पर्ने देखिएको छ ।’

बुटवल यातायात कार्यालयमा कार्यरत पदमराज आचार्य सरुवा भएर गएको तीन महिनापछि पनि उनको युजर आईडी प्रयोग गरेर लाइसेन्स जारी गरिएको पाइएको विभागको भनाइ छ । ‘कार्यालयमा कार्यरत नै नभएको कर्मचारीको युजर आईडी दुरुपयोग गरेर लाइसेन्स दिइएको पाइएको छ,’ विभाग स्रोतले भन्यो, ‘आचार्य त्यो कार्यालयमा काम गर्दाको बखत नक्कली लाइसेन्स जारी भएको पाइएको छ ।’ दलालले युजर आईडी प्रयोग गर्दैनन् । उसले पैसा दिएर कर्मचारीलाई नक्कली लाइसेन्स बनाउन लगाउने गरेको विभाग स्रोतको दाबी छ ।

शंकास्पद लाइसेन्स भएका तथ्यहरू बाहिरिएपछि ‘माइग्रेटेड एप’ प्रणालीमा भण्डारण भएका तर ‘ड्राइभिङ लाइसेन्स एन्ड रजिस्ट्रेसन सिस्टम’ (डीएलएन्डआरएस) र ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलएन्डभीआरएस) प्रणालीमा एप्लिकेन्ट आईडी समान नरहेका र बायोमेट्रिक लिन बाँकी १५ हजार ६ सय १५ वटा विवरण खारेज गरिएको विभागका महानिर्देशक रिजालले बताए ।

‘दलालीमार्फत लाइसेन्स नबनाउनुहोला, प्रक्रियाभन्दा बाहिर गएर बनाए त्यो लाइसेन्स नक्कली हुन सक्छ,’ रिजालले भने, ‘गलत प्रक्रियाबाट लाइसेन्स बनाउने व्यक्ति कुनै पनि बेला प्रहरीको फन्दा पर्न सक्छन् । फेरि त्यस्तो लाइसेन्स नवीकरण हुँदैन ।’ ०७२ यता ९ वर्ष अवधिमा चन्द्रमान श्रेष्ठ, रूपनारायण भट्टराई, लावण्यकुमार ढकाल, कुमारप्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराम घिमिरे, सुरेश राउत, टोकराज पाण्डे, तुलसीनाथ गौतम र नारायणप्रसाद भट्टराई विभागको महानिर्देशक भए । यसमा केही सेवा निवृत्त भइसकेका छन् भने केही गृह प्रशासन, अन्य मन्त्रालय तथा विभागमा कार्यरत छन् ।

अहिलेसम्म लाइसेन्स फाँटमा काम गर्ने कर्मचारी र बिचौलिया मात्रै कारबाहीको दायरामा आएका छन् । अहिलेसम्म करिब ५६ लाख लाइसेन्स जारी भएको विभागले बताएको छ । ०७२ यता महानिर्देशक भएर आएका सरकारी अधिकारी र मातहतका केही कर्मचारी नक्कली लाइसेन्स बनाउने धन्दामा संलग्न रहेको आशंका छ ।

(कान्तिपुर दैनिकबाट )

Related

Previous Post

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

Next Post

रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान हुदै

बुधबार, माघ २५, २०७९
स्वतन्त्र उम्मदवार प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

स्वतन्त्र उम्मदवार प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

बिहिबार, अशोज २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In