Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

Sambridinews by Sambridinews
शुक्रबार, असार १४, २०८१
in FEATURED, अर्थ
0
अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रसँग निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधा सम्पन्न वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टरको उद्घाटन गरे ।

You might also like

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याइएको हो ।

एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्त्वपूर्ण कोशेढुङ्गा हासिल भएको बताए ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छ । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर छ ।

डाटा सेन्टरका लागि तोकिएको ‘टियर ३’ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न ‘डिजिटल एनईए’ कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडेलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायत डाटा एकीकृत भण्डार गरी क्रमशः राखिएकाे जनाइएको छ ।

विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिने छ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक राखिएको छ । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक व्याकअप सहित अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायत व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भए डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ ।

३ सय केभीए क्षमताका दुई थान मोडुलर यूपीएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयता ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मत सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टर जोड्न वैकल्पिक मार्गसहित अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरण प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।

डाटा सेन्टर अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणाली अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने गरी पूर्वाधार संरचना निर्माण गरिएको छ ।

यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकका घरसम्म पुग्ने विद्युत् वितरण प्रणाली व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्ष नोभेम्बरबाट काम सुरु भएको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ ।

Related

Previous Post

सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

Next Post

एसईईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

by Sambridinews
मङ्लबार, कार्तिक ५, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न
TOP STORIES

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट
FEATURED

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
Next Post
कक्षा १२ को परीक्षा आवेदन खुला

एसईईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मौद्रिक नीतिले सेयर बजार र घरजग्गामा उत्साह : अर्थमन्त्री महत

मौद्रिक नीतिले सेयर बजार र घरजग्गामा उत्साह : अर्थमन्त्री महत

बुधबार, मंसिर २७, २०८०
आज शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार पर्व

आज शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार पर्व

मङ्लबार, फाल्गुन ९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

मङ्लबार, कार्तिक ५, २०८२
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

सोमवार, कार्तिक ४, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

सोमवार, कार्तिक ४, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

सोमवार, कार्तिक ४, २०८२
अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश
TOP STORIES

अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

सोमवार, कार्तिक ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In