Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

Sambridinews by Sambridinews
शुक्रबार, असार १४, २०८१
in FEATURED, TOP STORIES
0
सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार १४, सिन्धुली । ‘सिन्धुलीगढी सम्पदा संरक्षण संवाद’ सात बुँदे प्रतिवद्धता – पत्र, २०८१ जारी गर्दै सम्पन्न भएको छ ।

समृद्ध सिन्धुली अभियान र होटल संघ नेपाल सिन्धुलीद्वारा शुक्रबार सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा गढीको इतिहास सम्पदाको अवस्था र पर्यटन विकासका सन्दर्भमा बृहत छलफल गरिएको थियो ।

You might also like

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

छलफलमा सहभागीबाट व्यक्त विचारलाई संक्षेपीकरण गरी ऐतिहासिक सिन्धुलीगढी सम्पदाको संरक्षण सम्बन्धमा सात बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ ।

लिच्छविकालिन किल्ला अवशेषका रूपमा सिन्धुलीगढी रहेको छ । नेपाली इतिहास र सम्पदाका दृष्टिकोणले उच्च महत्त्व राख्ने सिन्धुलीगढी किल्ला सेन शासक र मल्ल शासनकालमा अझ व्यवस्थित बनाइएको पाइन्छ ।

गोर्खाबाट पूर्व बढेका पृथ्वीनारायण शाहले काठमाडौ अधीनस्थ नुवाकोट विजय गरेसँगै काठमाडौं उपत्यकालाई घेर्ने रणनीति बनाए । त्यसक्रममा बनेपा आसपासका गढीकिल्ला नियन्त्रणमा लिन सफल भए । ससुराली राज्य मकवानपुर समेत पृथ्वीनारायण शाहले जितेपछि सिन्धुलीगढी किल्ला गोर्खालीको नियन्त्रणमा पुगेको थियो ।

गोर्खालीको घेराबन्दीमा परेका कान्तिपुरका राजा जयप्रकाश मल्लले इस्टइन्डिया कम्पनीसँग सैनिक सहायत मागे । नेपाल पस्ने दाउमा रहेको इस्ट इन्डिया कम्पनीले जयप्रकाशको सहायता मागलाई तत्काल स्वीकार गर्यो । कप्तान जर्ज किनलोकको नेतृत्वमा दुइहजार चारसय सेना खटाइयो ।

किनलोकको नेतृत्वमा सुरू भएको काठमाडौं सैनिक यात्राको ढाड १८२४ असोज १५ गते सिन्धुलीगढीमा भाँचिएको थियो । सो लडाइँमा सिन्धुली र आसपासका लडाकू युवा, महिलाले गोर्खाली सेनालाई साथ दिएका थिए । सिन्धुलीगढी क्षेत्रमा भएको यो लडाइँलाई सिन्धुलीगढी युद्धका रूपमा चिनिन्छ ।

यो युद्धले नेपाललाई उपनिवेश हुनबाट बचाएको थियो । तसर्थ, सिन्धुलीगढी वरपरका किल्ला गढी पौवा शीलालेख मार्गहरू इतिहास मात्र होइन हाम्रो वीरता झल्कने सम्पदा समेत हुन् ।

सिन्धुलीगढी राणाकालिन प्रशासनिक केन्द्र पनि हो । गढी चौकी गढी दरबार गढीबजार सिद्धबाबा मन्दिर काली मन्दिर जस्ता सम्पदा यहाँ छन् ।
राणा शासन विरूद्धको २००७ सालको शसस्त्र क्रान्तिमा समेत सिन्धुलीगढीमा भिषण लडाइँ भएको थियो ।

विसं २०५२ सालमा गढी चौकीमाथि फौजी आक्रमण गरि १० बर्षे सशस्त्र सङ्घर्ष थालनी भएको थियो । नेपालको राजनीतिक परिवर्तनको एउटा परिघटनाका रूपमा समेत सिन्धुलीगढी जोडिएको छ ।

सिन्धुलीगढी इतिहास र सम्पदासँग मात्र होइन नागरिकको समेत चासोको विषय बन्न पुगेको छ । यो ऐतिहासिक सम्पदाको संरक्षण र विकासले सिन्धुलीको पर्यटन विकासमा कोसेढुङ्गा सावित हुनसक्छ । तसर्थ, सिन्धुलीगढीको सम्पदा संरक्षण संवाद मार्फत नागरिकको आवाज संसद सरकार र संरक्षण निकायसम्म लैजाने प्रयास गरिएकाे समृद्ध सिन्धुली अभियान संयाेजक भुवन थापाले बताए ।

भेलाले जारी गरेको सात बुँदे प्रतिवद्धता–पत्र, २०८१


१. सिन्धुलीगढीमा जथाभावी निर्माण भएका संरचनाले हाम्रो सम्पदा मासिदै गएको छ । सिन्धुलीगढीको विषयमा जे जति गुरुयोजना निर्माण गरिएको छ तिनलाई सार्वजनिक गरी नागरिक तहको छलफल मार्फत संरक्षण गुरुयोजना तयार पारिनु पर्दछ ।

२.पौवागढीबाट सिन्धुलीगढीहुँदै चपौलीतिर जाने बाटो स्थानीयले दैनिक रुपमा प्रयोग गर्ने मार्ग समेत हो । सो मार्गमा निर्वाध रुपमा आवतजावतका लागि खुला गरिनु पर्दछ ।

३. सिन्धुलीगढीको सम्पदा, इतिहास मेटिदै गएको छ । यसको संरक्षणमा सम्बद्ध निकाय जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ । ऐतिहासिक गढी किल्ला, सम्पदाको संरक्षणका लागि नेपाल सरकारले तयार पारेको नीति निर्देशन अनुशरण गर्नु पर्दछ ।

४. सरकारले करोडौँ रुपियाँ लगानी गरी पुनर्निर्माण गरेको रानीमहल दरबार संरक्षणविहीन अवस्थामा पुगेको छ । सो दरबारलाई युद्ध संग्रहालयका रुपमा विकास गरी संरक्षण गरिनु पर्दछ ।


५. सिन्धुलीगढीमा भौतिक संरचना निर्माण गर्नुअघि स्थानीयसँग कुनै पनि सुझाव लिने कार्य गरिएको थिएन, छैन । गढीको सम्पदा संरक्षणमा स्थानीयको सहभागितालाई सुनिश्चितता गरिनु पर्दछ ।


६. कप्तान किनलक मार्गका रुपमा जुन नाम प्रस्ताव गरिएको छ त्यसप्रति हाम्रो असहमति छ । स्थानीयवासीको छलफलबाट पदमार्गको नामाकरण गरिनु पर्दछ ।

७. सिन्धुलीगढी विजय दिवस असोज १५ गते मनाइनु पर्छ ।

Related

Previous Post

आरोहको बायो मल नेपाली बजारमा

Next Post

अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
Next Post
अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कराते टोली फ्रान्स प्रस्थान

कराते टोली फ्रान्स प्रस्थान

मङ्लबार, माघ ३, २०७९
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

आइतवार, कार्तिक ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आइतवार, बैशाख ६, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

आइतवार, बैशाख ६, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

शनिबार, बैशाख ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In