Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समाजवाद उन्मुख अवस्था जनताको संवृद्धिको प्रवेशद्धार

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३०, २०८१
in FEATURED, विचार
0
समाजवाद उन्मुख अवस्था जनताको संवृद्धिको प्रवेशद्धार
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

नेपाल उत्तर चीन र दक्षिणमा भारत जस्ता आर्थिक तथा राजनीति रुपमा पनि सक्षम शक्तिशाली देशसँगको सन्तुलित सम्बन्ध कायम गरि राष्ट्रिय हितको रक्षा गर्नुपर्ने अवस्थामा छ । देशको आर्थिक आधार नै पुँजीवादी आर्थिक संरचना पुर्वाधारमा खडा भएको छ ।

बर्तमान नेपाली समाजमा पनि अनेकौं आन्तरिक र बाहय अन्तरबिरोधहरु छन । यस्तैखाले आन्तरिक र बाहय शक्ति सन्तुलनलाई मिलाएर नेपालको पछिल्लो संविधान २०७२ मै उल्लेख गरिएको समाजवाद उन्मुख राज्य व्यवस्थालाई जतिसक्दो कार्यनयनमा ल्याउन सबै राजनीतिक दलको उत्तिकै दायित्व रहन्छ ।

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

नेपालको सत्ता वरिपरि रहेका वामपन्थि दलहरुले समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यलाई संक्रमणकालीन अवस्था हो भनेर पन्छिने अवस्था छैन । देशको सबै अङ्गमा रहेका राणाकालीन देखि पञ्चायती हुदै राजासहितको बहुदलीय संसदीय व्यवस्थाका पुराना मक्किसकेका संरचनालाई परिवर्तनगरि जनताको सहज पहुँचका लागि नयाँ संरचना स्थापना गर्न ढिला गर्न हुदैन ।

युरोप लगायत दक्षिण एशिया र अन्य प्रमुख देशमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था रहदा रहदैपनि नेपालमा भने कम्युनिस्ट आन्दोलनप्रति अझै जनसमर्थन मरिसकेको छैन ।

स्थानिय तथा संसदीय निर्वाचनमा वामपन्थि भनिएका दलहले प्राप्त गरेको भोटको संख्या राम्रै छ । यो जनसमर्थनलाई सम्मान गर्दै जनताको हितमा अगाडि बढ्न नेतृत्वको भुमिकामा बसेका नेताको व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने आम जनता र शुभेच्छुकहरुको चाहाना रहेको छ ।

वर्गीय अन्तर्विरोधमा दलाल पुँजीवाद र व्यापक जनताबिचको अन्तर्विरोध छ, भने अर्को राष्ट्रिय पुँजीवाद र श्रमिक जनतावीचको अन्तरबिरोध छ । यी दुई वर्गीय अन्तरबिरोध मध्ये राष्ट्रिय पुँजीपति वर्गसँग श्रमिक जनताको अन्तर्विरोधका दुईवटा पाटा छन । यसले पनि श्रमिक वर्गको श्रम शक्तिको शोषण नगरी अतिरिक्त पुँजी कमाउन सक्दैन । त्यसैले यो वर्गीय अन्तर्विरोध चर्कदै जानु स्वभाविक छ ।

निम्न पुँजीपति वर्गका व्यापक जनसमुदायहरु किसान, र आम श्रमिक वर्गकाबिचमा पनि वर्गीय भिन्नताहरु छन । पुँजीवादी उत्पादन सम्बन्धका कारणले उनीहरूबीच पनि सामान्य भिन्नताहरु छन । ति भिन्नताहरु आफैमा अन्तर्विरोध हुन ।

अठारौं शताब्दीपुर्व विश्वमा विभिन्न किसिमले समाजवादको परिकल्पना भएतापनि समाजवादको वास्तविक पिता भनेर जर्मनीका दार्शनिक कार्ल माक्र्सलाई मानिएको छ ।

अठारौं शताब्दी भन्दा पहिले नै सम्पत्तिको अधिकारको विषयलाई विबिध आदर्शवादी कल्पनाले तयार पारिए पनि त्यसलाई बैज्ञानिक तथा व्यवहारिक समाजवादको रुपमा कार्ल माक्र्सले नै तयार गरेका थिए । उनले पुँजीपति र मजदुर वर्गकाबिचको पारस्परिक द्वन्दले पुँजीवादी ब्यवस्था ध्वस्त हुन्छ र श्रमिकहरुको श्रमको प्रयोगको हिसाबमा हुने मुल्य निर्धारणको विषयलाई विभिन्न तरिकाबाट ब्याख्या विश्लेषण गरेका छन ।

संकुचित अर्थमा समाजवाद भनेको भौतिक साधन र उत्पादनमाथि सार्वजनिक स्वामित्व प्राप्त गर्नु हो भन्ने बुझिन्छ । समाजवाद त्यस्तो आर्थिक प्रणालीको नाम हो जसमा उत्पादनका भौतिक साधनहरुको स्वामित्व र व्यवस्थापन राज्यको जिम्मा हुन्छ । राज्यबाट उत्पादन गरिने साधन स्रोतहरुको उपयोग र वितरण निजी फाइदाको लागि नभएर सम्पूर्ण समाजको भलाईका लागि गरिएको हुन्छ ।

विश्वमा विविध नाम गरेका समाजवादी अवधारणाहरुको सुत्रपात भएको छ । ती सबै समाजवादको नामकरण समाजवादी विद्धान एवं चिन्तकहरुले गरेको छन् ।

त्यस्ता समाजवादी अवधारणा तथा मोडेलहरुमा

१)अटोपियन समाजवाद

२) बैज्ञानिक समाजवाद

३) राज्य समाजवाद

४) फेबियन समाजवाद

५) गिल्ड समाजवाद

६) सिन्डिकेटिज्म समाजवाद

७) साम्यवादी समाजवाद

८) उदारवादी समाजवाद

९) सत्तावादी समाजवाद

१०) बिकासवादी समाजवाद

११) क्रान्तिकारी समाजवाद
पर्दछन् ।

नेपालको लागि उपयुक्त समाजवाद कुन हो र यस विषयमा नेताहरु किन मौन छन ?

नेपालको सन्दर्भमा समाजवाद उन्मुख भन्नुको अर्थ देशको आर्थिक , सामाजिक रुपान्तरणको पहिलो पाइला हो ।

त्यसका लागि नेपालको राज्य व्यवस्थामा दलाल पुँजीपति वर्गको अधिपत्यलाई सम्पुर्ण रुपले अन्त्य गरेर श्रमिक वर्गको नेतृत्वमा व्यापक जनसमुदायको उपस्थितमा बैज्ञानिक समाजवादी गणतन्त्रको सहितको क्रान्तिकारी सरकार गठन गरिनुपर्छ ।

यही मात्रै एउटा नेपाल र नेपाली जनताको हितकालागि उपयुक्त व्यवस्था हुनसक्र्दछ ।

Related

Previous Post

पाटनमा सुरू भयो प्रदेशस्तरीय श्रमाधान मेला

Next Post

राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन

राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

५ महिना पछि नेप्सेमा ४ अर्व माथिको कारोवार

५ महिना पछि नेप्सेमा ४ अर्व माथिको कारोवार

आइतवार, पुस १७, २०७९
नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की : महासंघकाे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की : महासंघकाे ध्यानाकर्षण

बिहिबार, साउन १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In