Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यू १५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २९, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
यू १५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


काठमाडौं, जेठ २८ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने यू–१५ विद्यालयक खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिगता बुधबार पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए । ‘विद्यालय बाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू–१५ विद्यालयक खेलकुद हुन लागेको छ । यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्टहरु भने आजैदेखि सुरु भइसकेको छ ।’ सदस्य–सचिव शर्माले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागि हुनेछन् । प्रत्येक प्रदेशबाट समान ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुने छन् ।
प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।
पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरुमा खेल संख्यालाई बढाउदै लैजाने शर्माले जानकार दिए ।
प्रतियोगिता आयोजक कमिटीका सदस्य राजकुमार कार्कीले ओलम्पिकमा खेलिने खेल, विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश एथलेटिक्स बाहेकका खेलललाई पनि प्रवद्र्धन गर्नुपर्ने भएकोले अहिले ६ खेल छनोट गरिएको बताए । ‘फादर अफ स्पोर्ट्स एथ्लेटिक्स मुख्य खेल भएकोले समावेश गर्नु प¥यो । ओलम्पिकमा समावेश हुने गेमहरु, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका बाहेक अरु खेललाई पनि आयोजना गर्नुपर्छ भन्ने योजना अनुसार अहिले हामीले गण्डकी प्रदेशसंग समन्वय र छलफल गरेर नै ६ खेल राखेका हौँ ।’
नेपाल विद्यालयक खेलकुद महासंघका महासचिव समेत रहेका कार्कीले स्कुलस्तर देखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहीँबाट भविष्यमा ओलम्पियन जन्मने धारणा व्यक्त गरे ।
एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालमा छात्र÷छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६–६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४–४, बुद्धिचालमा ४ खेलाडी सहभागी हुने छन् । रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०–१० खेलाडी सहभागी हुनेछन् ।
पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद् गण्डकीका सदस्य–सचिव शर्माले जानकारी दिए । ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भइसकेको छ ।
प्रतियोगिता सञ्चालन गर्न कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ । त्यसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँक्ी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले व्यहोर्ने सदस्य–सचिव शर्माले जानकारी दिए ।

Related

Previous Post

राष्ट्रिय गोल्डेन एथलेटिक्स असार ३ र ४ गते

Next Post

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोड घोषणा

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

सोमवार, असार ३१, २०८१
देशभरी चिसाे बढ्दै

देशको पहाडी भू-भागमा आंशिक बदली

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In