Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २३, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

“कृषिमा आधारित स्वदेशी उद्योगको संरक्षण गरौं खाद्यान्नमा नेपाल आत्मनिर्भर बनौं”

काठमाडौँ , नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको कच्चा पदार्थ आयातमा अग्रिम  आयकर लागेको छ । अर्थमन्त्री बर्षमा पुनले आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत दाल र चामल उद्योगको लागि कच्चा दाल गेडा गुडीमा १० प्रतिशत र धान आयातमा २.५ प्रतिशत लागेको अग्रिम आयकर लगाउने घोषणा गरेका हुन् । 

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

नेपाल चामल तेल दाल उद्योग संघले बुधबार पत्रकार सम्मेलन गरी उद्योगीहरूलाई आयकरको भार थप्नु नुहने बताएका छन् । 

बजेटको समग्र पक्ष स्वागतयोग्य भए पनि अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री बितरण गर्ने चामल दाल उद्योग लगाएत अन्य यस्ता उद्योगको कच्चा पदार्थ (धान र दाल गेडागुडी) आयातमा अत्याधिक कमश २.५ प्रतिशत  र १० प्रतिशत अग्रिम आयकर लगाउँदा उद्योग मर्कामा पर्ने बताएका हुन् । 

दाल प्रशोधन गर्ने उद्योगको हकमा ५ बर्षदेखि एक तहको सुविधाको खोजी गरिरहेका उद्योगीलाई त्यसको विपरित तयारी दाल र कच्चा पदार्थ आयातमा समान १० प्रतिशत यथावत रहेको र सोमा थप १० प्रतिशत अग्रिम आयकरको भार थपेको उद्योगीहरूको गुनासो छ । 

 औद्योगिक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा तयारीको तुलनामा कम्तिमा पनि १ तहको भन्सार दर फरक हुने बजेटमा  उल्लेख छ । 

तर, दाल उद्योगको हकमा भारतबाट आयात हुने तयारी दाल एचएस कोड ०७१३४०९० मा अग्रिम आयकर नलागेको उद्योगीहरू बताउँछन् । यसले नेपाली उद्योग प्रभावित हुने उनीहरूको भनाइ छ । 

त्यस्तै, धान प्रशोधन गर्ने उद्योगको हकमा  भारतबाट आयात हुने धान र चामल दुबैको भन्सार महसुल र अग्रिम आयकर करिब बराबर रहेको संघले जनाएको छ । यसले धान आयात गरी चामल उत्पादन गर्ने स्वेदशी चामल उद्योग धरासायी हुने संघको भनाइ छ । सरकारले औद्योगिक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ (धान)मा यस आर्थिक विधेयक २०८१ मा २.५ प्रतिशत अग्रिम आयकर लगाएको छ । 

स्वदेशी दाल तथा चामल उद्योगले क्रमश १० प्रतिशत र २.५० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुँदा स्वदेशी उद्योग बन्द हुने निश्चित भएको भन्दै अग्रिम आयकर खारेज गर्न उद्योगीहरूले माग गरेका छन् । 

आयकर लगाउँदा कस्तो असर पर्छ ? 

 १. अग्रिम करको नीति उपयुक्त देखिदैन किनभने एकातर्फ सरकारले मूल्य अभिवृद्धि (प्रोफिट) २० प्रतिशत सीमित गरिरहेको छ र अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्यूनतम मुल्य अभिवृद्धि  (प्रोफिट) ५० प्रतिशत हुनु पर्ने देखाउँछ । 

उद्योगमा अग्रिम आयकर लगाएको पक्का पनि कुनै त्रुटिको हुनसक्ने अनुमान रहेको उद्योगीहरूले बताए । 

बिगत २ बर्षदेखि सम्पूर्ण दाल उद्योग भारी नोक्सानीमा रहेको र अग्रिम आयकरले देशको औद्योगिक क्षेत्रमा दिर्घकालिन असर पर्ने उनीहरूको भनाइ छ । 

२. समायोजन नगरेको रकम (अग्रिम आयकर र बर्षको तिर्नुपर्ने आयकरको व्यालेन्स रकम) अर्को वर्षको लागि अग्रेशन (क्यारी फर्वाड) गर्न अनुमति दिएको छैन र यसलाई खर्चको रुपमा पनि बुक गर्न सकिदैन ।  यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन ।

३. अग्रिम आयकरको रकम जुन कि आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन। त्यसमा पनि बिक्री गर्नुभन्दा पूर्व लागतको रूपमा अग्रिम आयकरलाई जोड्न एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले लागत बढी र बिक्री रकम घट्छ । उद्योगीहरूका अनुसार यो कुनै पनि हालतमा उपयुक्त देखिदैन । 

४. अतिरिक्त महसुलले चामल र दालको मूल्य बढछ र यसले मुद्रास्फिती प्रत्यक्ष असर पर्न जान्छ । फलस्वरूप नेपालीको भान्सा महँगो हुन पुग्छ । 

५. अवैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजश्वमा नकारात्मक असर पर्न जान्छ ।

६. अर्बौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।

७. स्वदेशी दाल, चामल उद्योग बन्द हुदा आयातित दाल यामलमा भर पर्नुपर्ने र उपभोक्ताहरू गुणस्तरिय दाल चामल उपभोग गर्नाबाट बन्चित रहने । 

Related

Previous Post

रायडेनलाई स्वर्ण

Next Post

आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त

मङ्लबार, चैत्र ११, २०८१
निरन्तर ओरालोतर्फ नेप्से

साता अन्तिम दिन बिहीबार ७.३३ अंकले घट्याे

शुक्रबार, माघ ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In