Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गम्भीर सामाजिक अपराधको रुपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बन

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २१, २०८१
in TOP STORIES, जीवन शैली, समाचार
0
गम्भीर सामाजिक अपराधको रुपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


सन्दर्भः छुवाछूतमूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस

जेठ २१ । नेपाल छुवाछूतमूक्त राष्ट्र घोषणा भएको आज १८ वर्ष पूरा भएको छ । यस दिनलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको रुपमा समेत मनाउने गरिन्छ ।
नेपालमा जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, अपराध पीडितको हक, छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक, दलितको हक, सामाजिक न्यायको हकका साथै संवैधानिक निकायहरुको समेत व्यवस्था गरिएको छ । कानूनी रुपमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता, २०७४ तथा अन्तर्राष्ट्रिय रुपमा सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ समेतको पक्ष राष्ट्र भई यस विषयमा कार्य गर्दै आएको छ । सरकारले नीति तथा कार्यक्रममा दलित विकास प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । उल्लिखित संवैधानिक, कानूनी व्यवस्थाका साथै जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता समेत जनाउँदै आएको छ ।
यी व्यवस्थाहरुको बावजुद संवैधानिक तथा कानूनको इमान्दारीपूर्ण कार्यान्वयन हुन नसक्दा दलित समुदायका व्यक्तिहरू अन्तरजातीय विवाह तथा प्रेम सम्बन्ध, कोठा भाडा, मन्दिर प्रवेश, इनार, होटल लगायत विभिन्न सामाजिक क्रियाकलापहरुमा अझैपनि हत्या, हिंसा, दुव्र्यवहार, अमानवीय, अपमानजनक र अमर्यादित व्यवहारबाट पीडित हुनुपरेको छ । यस अवस्थालाई मध्यनजर गर्दै छुवाछूत तथा जातीय भेदभाव विरुद्धको अधिकारका विषयमा यस आर्थिक वर्षमा पनि आयोगले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र प्रदेश शाखा कार्यालयबाट अनुगमन, अध्ययनका साथै रुजुसूची तयार लगायतका कार्यक्रम सम्पन्न गरेको छ । आयोगमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा उजूरी दर्ता नगरिएको, प्रभावकारी अनुसन्धान नभएको, विभिन्न पक्षबाट मेलमिलापको दबाब दिएको, सरकारबाट यस विषयमा सचेतनामूलक कार्यक्रम नगरिएको जस्ता विषयमा उजूरी र गुनासोहरु प्राप्त भएका छन् ।
आयोगले स्थापनाकालदेखि नै दलित अधिकार र जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकारका विषयमा निरन्तर अनुगमन, अध्ययन तथा अनुसन्धान र त्यसको प्रतिवेदन सार्वजनिक गर्दै तीन तहका सरकार, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई समेत सिफारिस गर्दै आएको छ । आयोगमा हालसम्म परेका जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी ६१ वटा उजूरीमध्ये आयोगले १७ वटा उजूरीमा सिफारिस गरेको छ भने आयोगले हालसम्म २५१ जनालाई क्षतिपूर्तिका लागि सिफारिस गरेको छ ।
अतः जातीय भेदभाव तथा छुवाछूत जस्तो गम्भीर मानव अधिकारको विषयलाई संवेदनशील रुपमा लिई कानून कार्यान्वयनमा जोड दिन आयोग तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज, सबै धार्मिक संघसंस्था, मानव अधिकारकर्मी तथा आम नागरिकलाई अनुरोध समेत गरेको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

Next Post

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

बिहिबार, भदौ ३०, २०७९
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In