वैसाख २, अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको अवशरमा १३ औं सागका स्वर्ण पदक बिजेता कराते खेलाडी विप्लपलाल श्रेष्ठ र आठौँ र नवौं सागका स्वर्ण पदक बिजेता दीपक श्रेष्ठ लाई सम्मान गरेका छन् । दीपक र विप्लव मार्च २८ देखि ३१ तारिखमा भएको युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका हुन् । उनीहरुलाई एनएसीसीका अध्यक्ष चन्द्र लामा र १० औं सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले एक कार्यक्रमबीच सम्मान गरेका थिए ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: