फागुन ११ , काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।
अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता गरिएकाे मानव बेचबिखन ब्यरोले जनाएकाे छ ।