,
काठमाडौं ।माघ १७ , सोही अवसरमा राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई सम्मान गरियो ।
रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्यांकनका आधारमा छनोट गरी ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । रेग्मी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् ।
त्रिभूवन विश्व विद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गरेका रेग्मीले २०६० सालमा राष्ट्रिय समाचार समितिबाट प्रशिक्षार्थाी पत्रकारको रुपमा पत्रकारिता सुरु गरेका थिए । त्यसपछि लामो समय अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका उनी हाल गोरखापत्र अनलाइनमा कार्यरत छन् ।
यस्तै मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बागमती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइनखबर), कोशी प्रदेशबाट हरिप्रसाद कोइराला (गोरखापत्र दैनिक), मधेश प्रदेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकी प्रदेशबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णाली प्रदेशबाट नन्दराम जैसी (हिमालयन टाइम्स), सुदूरपश्चिम प्रदेशबाट नवाज पनेरु (बाह्रखरी अनलाइन) र महिलाबाट दैलेखकी रजनीकुमारी योगी (गोरखापत्र) लाई सम्मान ग¥यो । प्रोत्साहन पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।