Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन, दलित महिलाको मुद्दामा काम गरिने

Sambridinews by Sambridinews
मङ्लबार, माघ १६, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन, दलित महिलाको मुद्दामा काम गरिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१६ माघ, काठमाडौँ ।दलित महिलाहरुको मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने भन्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला वि.क.को नेतृत्वमा दलित महिला महासंघ गठन भएको छ । 

मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री वि.कको अध्यक्षतामा ११ सदस्यीय दलित महिला महासंघ नेपालको गठन भएको हो । महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता समेत भएको छ । सातवटै प्रदेशका २८ वटा जिल्लाका दलित महिलाहरुले नेतृत्व गरेको ३६ वटा संस्था महासंघमा आवद्ध भएको अध्यक्ष वि.क.ले जानकारी दिइन् । महासंघको उपाध्यक्षमा आशा बि.क., महासचिव सरस्वती नेपाली, सचिव मिना परियार, कोषाध्यक्ष जसमाया गजमेर र सदस्यहरुमा अजिता पासवान, कविता नेपाली र धनमाया विश्वकर्मा रहेका छन् । त्यस्तै जुनि बि.क., पवित्रा नेपाली र मैना आछामी पनि महासंघको कार्यसमिति सदस्य रहेका छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

अध्यक्ष वि.क.ले दलित महिलाहरु लिङ्ग, जात र वर्गका हिसाबले अझैपनि समुदायको पिँधमा रहेको उल्लेख गर्दै उनीहरुको अधिकारको वकालत गर्नका लागि साझा मञ्चको आवश्यकता भएकाले महासंघको गठन गरिएको जानकारि दिइन् । उनले हत्या, हिंसा र वलात्कारको घटनामा ७० प्रतिशत भन्दा बढी दलित महिलाहरु पीडित हुनुपरेको अवस्था भएपनि यसले सिंहदरबारलाई अझै छुन नसकेको बताइन् । दलित महिलाहरुको मुद्दा र मागलाई सिंहदरबारसम्म पु¥याउनका लागि महासंघले काम गर्ने उनको भनाई छ । दलित महिलाहरु विभिन्न पार्टी तथा गैरसरकारी संस्थाहरुमा विभक्त हुँदा अधिकारको लागि साझा रुपमा अघि बढ्न नसकिएकोले साझा मुद्दामा साझा रुपमा अगाडी बढ्न महासंघ आवश्यक भएको उनले बताइन् । अध्यक्ष वि.क.ले महासंघले दलित महिलाहरुको हितमा कानुन, योजना र बजेट तर्जुमाका लागि वकालत गर्ने पनि बताइन् । त्यसैगरी महिला आरक्षणभित्र दलित महिलाको अर्थपूर्ण प्रतिनिधित्वको लागि लड्ने पनि उनको भनाई छ ।

त्यस्तै महासंघकि सचिव मिना परियारले दलित महिलामाथि हुने गरेको हिंसाको विरुद्धमा महासंघले सडक संघर्ष समेत गर्ने बताइन् । उनले कानुनहरुलाई दलित महिलाको पहुँचयोग्य बनाउने, दलित महिला जनप्रतिनिधिहरुलाई सशक्तिकरण र नेतृत्व विकासका लागि महासंघले सहजीकरण गर्ने पनि जानकारि दिइन् । 

Related

Previous Post

साझा सपना र संकल्पले मात्रै देशलाई समुन्नत बनाउँछ : मन्त्री श्रेष्ठ

Next Post

सदस्य–सचिव घिसिङ जापान प्रस्था

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सदस्य–सचिव घिसिङ जापान प्रस्था

सदस्य–सचिव घिसिङ जापान प्रस्था

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

युक्रेनका राष्ट्रपतिले भने– रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ

युक्रेनका राष्ट्रपतिले भने– रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ

बिहिबार, बैशाख २८, २०८०
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

शुक्रबार, कार्तिक १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In