Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन

Sambridinews by Sambridinews
बुधबार, माघ १०, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौं । व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्ययोजना सार्वजनिक भएको छ। नेपाल दोस्रो देश हो यो कार्ययोजना सार्वजनिक गर्ने। संयुक्त राष्ट्रसङ्घको मार्ग दर्शक अनुसार निर्माण गरेर सार्वजनिक गरिएको यो योजना पहिलो हो।
यसलाई व्यवसाय र मानव अधिकारसम्बन्धी पञ्चवर्षीय योजना नाम दिइएको छ। जिम्मेवार व्यवसाय प्रवर्धन गर्ने यसको उद्देश्य राखिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपेन्द्र पौडेलले जानकारी दिए।
मानवअधिकार आयोगको पाँचौँ राष्ट्रिय कार्ययोजनालाई यो योजनाले स्रोतको रूपमा लिएको छ। ६ वटा थिममा निर्माण गरिएको योजना सहभागितामूलक रहेको दाबी समेत गरिएको छ। योजना निर्माणकै क्रममा टोलीले पाकिस्तानको भ्रमण गरेको जनाएको छ।
योजना निर्माणमा क्षेत्रगत प्रतिनिधि सहभागी गराइएको मन्त्रालयको दाबीमा भने तत्कालै प्रतिवाद भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले योजना निर्माणमा सहभागी नगराइएको बताए।
एसियाका पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले कार्ययोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नाम जोडेकोमा खुसी लागेको बताए। ‘यो समुदायप्रति तपाईँहरूको ध्यानाकर्षण रहेछ, खुसी लाग्यो। तै पनि प्रक्रियाबाट आफ्नै सहभागिता छुटेको हुनाले थुप्रै ग्यापहरू देखिन्छ,’पन्तले भने,‘विशिष्ट वक्ताहरूले सम्बोधन गर्दा महिला र पुरुषको नाम मात्र व्यक्त गर्नुभयो। तर हाम्रो समुदायको बारेमा व्यक्त गर्न हिचकिचाइरहनु भएको मैले देखे।’
श्रम मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, ट्रेड युनियनहरूले पनि श्रमिक भन्नाले महिला र पुरुष मात्रै भनेर बुझ्ने गरेको बताए। ‘मानव अधिकार भन्ने बित्तिकै जात लिङ्ग भेसभुसा संस्कृति हरेक पर्छ। हाम्रो समुदायमा रहेको श्रम विभेदको अन्त्य गर्नुपर्छ। यो कुरा एफएनसीसीआई, श्रम मन्त्रालय र ट्रेड युनियनले पनि गम्भीर रूपमा लिनुपर्छ।’
व्यवसायमा जोडिएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उद्योग वाणिज्य महासङ्घमा आबद्ध गराउनु पर्ने पन्तले बताए। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू चाहे घरेलु होस्, चाहे ठुला व्यवसाय सञ्चालन गरिरहेका छन्,’पन्तले भने, ‘त्यसमा पनि एफएनसीसीआई र श्रम मन्त्रालयको ध्यान गएको देखिँदैन।’
पन्तले नेपालको संविधानको धारा ४२ मा रहेको व्यवस्थाबारे कार्ययोजनामाथिको सुझाव लिने टोलीको ध्यानाकर्षण गराए। धारा ४२ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको हक हुने लेखिएको छ।
उनले श्रम ऐनमा समावेशी प्रतिनिधित्वको अधिकार छुटेको बताए। पाँचौँ राष्ट्रिय कार्ययोजना बनाएको मानव अधिकार आयोगले नै संविधानको धारा ४२ कार्यान्वयन नगरेको पन्तले बताए। ‘आयोगले नै धारा ४२ कार्यान्वयन गरेको छैन, आयोगमा कति जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका कर्मचारी छन्रु’उनले प्रश्न गर्दै भने,‘आयोग आफैँ समावेशी छैन।’
उनले संविधान कार्यान्वयन गर्न मानव अधिकार आयोग नै चुकिरहेको बताए। ‘मानव अधिकार आयोग चुकिरहेको त छैनरु मैले यो कुरा लाइटली भनेको होइन सिरियस्ली भनेको हुँ’राष्ट्रिय मानव अधिकार आयोगलाई पन्तले प्रश्न गरे।
उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि आयोगमा कोटा छुट्ट्याउन आग्रह गरे। ‘हाम्रो समुदायबाट कति कर्मचारी कोटा छुट्ट्याउनु भएको छरु हाम्रो समुदायबाट कति कर्मचारी छन्रु,’पन्तले,‘राष्ट्रिय मानव अधिकार आयोगले नै संविधानको धारा ४२ कार्यान्वयन गरेको छैन भने हामी अरूबाट के आस गर्नेरु’
पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मागलाई गम्भीर रूपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरे। उनले आयोगको सदस्यमा एक जना पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको बताए। आयोगको सदस्यमा समुदायको तर्फबाट कम्तीमा एक जनालाई प्रतिनिधित्व गराउन उनले आग्रह गरे। ‘मैले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेरै भनेको छु,उहाँले पनि गम्भीर रूपमा लिएको छु भन्नु भएको छ,’पन्तले भने,‘मलाई छलफलका लागि बोलाउनु भएको छ।’
पन्तले अहिले पनि समुदायका व्यक्तिहरू श्रम विभेदमा परिरहेको बताए। ‘न यो कुरालाई सरकारले गम्भीर रूपमा लिएको छ, न कुनै निकायले गम्भीर रूपमा लिएको छ,’पन्तले भने,‘पन्तले भने,‘वैदेशिक रोजगारीमा गएका समुदायका सदस्य फरक यौनिकता कारण जेल पर्नु परेको छ। यसमा सरकारको ध्यान जानु पर्ने हो।’
पन्तले रोजगारीका लागि साउदी अरब पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जेल परेको बताए। ‘समलिङ्गी,तेस्रोलिंगी व्यक्तिलाई साउदी अरबमा विभेद गरिन्छ, कामबाट निकालिने मात्रै होइन, जेल नै हालिन्छ,’पन्तले भने,‘त्यस्तो देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई जान प्रतिबन्ध लगाउनु पर्‍यो।’
उनले त्यस्ता ठाउँमा नजान भनेर राज्यले सूचना समेत नदिएकोमा आपत्ति जनाए। ‘हाम्रा साथीहरू त्यहाँ जाँदा विभेद हुन्छ, जेलमा पर्छन् भन्ने पहिल्यै जानकारी गराउनुहोस्,होसियारी गराउनुहोस्, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू साउदी अरेबिया जाँदा डिपोट हुन सक्छ, जेल पर्न सक्नुहुन्छ भनेर जानकारी गराउनु भएको छैन, सूचना समेत दिनु भएको छैन,यो कुरालाई कसरी लिनु भएको छरु’पन्तले भने,‘त्यहाँ हाम्रा समुदायका साथीहरू जेल पर्नु भएको छ,यो समुदायका साथीहरूलाई छुटाउन पनि पहल हुँदैन,यो विभेद किन गर्नुहुन्छरु’
वैदेशिक रोजगारीमा जाने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई श्रम मन्त्रालयसहित कसैले पनि नसमेटेको पन्तले बताए। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको अभिसन्धि १०० मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकलाई विभेद गर्न नपाइने भनिएको छ, यसलाई नेपालले अनुमोदन पनि गरेको छ,’पन्तले भने,‘श्रम कानुनमा कहीँ कतै उल्लेख नगरिनुको कारण के होरु संविधान अनुसार यो समुदाय मैत्री कानुन बनोस्।’

Related

Previous Post

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न प्रधानमन्त्रीकाे निर्देशन

Next Post

officially launched the National Action Plan on Business and Human Rights

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन

officially launched the National Action Plan on Business and Human Rights

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प

शुक्रबार आकस्मिक बाहेकका सबै सेवा रोक्ने चिकित्सक संघको आह्वान

शुक्रबार, बैशाख १२, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

शनिबार, असार १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In