माघ २, काठमाडाैं । दोलखाको कालिञ्चोकमा मंगलवार दिउँसो हिमपात भएको छ । हिमपात सुरु भएपछि कालिञ्चोकका होटल व्यवसायीहरु खुशी भएका छन् ।
गत बर्ष फागुनमा मात्र हिमपात सुरु भएको थियो । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसो करिब एक बजेबाट हिमपात भएकाे जनाइएकाे छ।
आधा घण्टासम्म भएको हिमपातका कारण कालिञ्चोक मन्दिर लगायत आसपासका पहाडी भाग र कुरी बजार सेताम्य भएको स्थानीयले बताएका छन् ।
त्यसैगरी दोलखाकै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य शैलुङमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।
पछिल्लो समय शैलुङमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा निक्कै बृद्धि भएको शैलुङ क्षेत्रमा हिमपात पछि यो संख्या अझ बढ्ने स्थानीय व्यवसायीहरु बताउछन् ।