Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अब कैदीले घरमै बसेर कैद कट्टा गर्न पाउने

Sambridinews by Sambridinews
मङ्लबार, माघ २, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
अब कैदीले घरमै बसेर कैद कट्टा गर्न पाउने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।माघ २, असल चालचलन भएका कैदीले अब घरमै बसेर कैद सजाय घटाउन पाउने भएका छन् । असल चालचलन भएका कैदीलाई निगरानीमा जेल बाहिरै राख्ने सुधारात्मक दण्ड प्रणाली मानिएको प्यारोलको कार्यान्वायनमा नेपालमा पनि सुरु भएको हो । बुधबार बसेको प्यारोल बोर्डले एक सय ४३ जना कैदीलाई छाड्न सिफारिस गरेको छ ।

महान्यायाधिवक्ता डा।दिनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पुगेका कैदीलाई प्यारोलको सुविधा दिन सिफारिस दिएको हो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

दुई तिहाई कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीले जेलका अधिकारीको सम्पर्कमा रही बाहिरै बस्ने सुविधा प्यारोल हो । तर, नकारात्मक सूचीमा रहेका कैदीले भने यो सुविधा पाउने छैनन् ।

करिब एक हजार कैदीले प्यारोल सुविधा पाउने सम्भावना रहेको कारागारका व्यवस्थापन विभागका निर्देशक कमल प्रसाद पाण्डेले बताए । ‘पहिलो चरणमा सबै कागजपत्र मिलेका एक सय ४३ कैदीलाई प्यारोल सुविधा दिने निर्णय प्यारोल बोर्डबाट भएको छ,’ उनले भने,‘अब मापदण्ड पुगेका अन्यले पनि क्रमशः यो सुविधा पाउँछन् ।’

जेलबाहिर बसेर अपराधमा नलाग्ने निष्कर्षका आधारमा जेल प्रशासन तथा प्यारोल बोर्डले कैदीहरुलाई समाजमा बस्न दिने सुविधा दिन थालेको छ । यसबाट लागुऔषध मुद्दाका कैदी धेरै लाभात्वित हुनेछन् । तर, कारागार प्रणालीमा सबैलाई असल चालचलन भनेर कैद छुट लगायतको सुविधा दिदा त्यस्ता व्यक्तिहरु पछि फेरि अपराधमा लाग्ने गरेकाले यो प्रावधान जोखिम पनि हुन सक्ने प्रहरी अधिकारीको चिन्ता छ ।

२०७४ सालमा आएको फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वायन) ऐनले नेपालमा प्यारोलको व्यवस्था गरेको थियो । सरकारले यसलाई बल्ल कार्यान्वायनमा लैजान लागेको हो ।
गत १६ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि जेलरलाई नै प्यारोल अधिकृत तोक्दै १ कात्तिकदेखि मापदण्ड पुगेका कैदीलाई प्यारोलमा राख्ने निर्णय गरेको थियो । तर, प्रक्रिया पूरा नभएका कारण कार्यान्वायन लम्बिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । प्यारोल बोर्डमा कानुन सचिव, गृहसचिव, दुई जना मनोचिकित्सक, नेपाल प्रहरीका महानिरीक्षक, एक अपराधशास्त्री सदस्य तथा कारागार व्यवस्थापन विभागका महानिर्देशक सदस्य–सचिव रहने प्रावधान छ ।
खासगरी लागुऔषध र अपहरण तथा शरिर बन्धक मुद्दाका कैदीलाई यसबाट फाइदा हुनेछ । कैदीले प्रजातन्त्र दिवस, गणतन्त्र दिवस तथा संविधान दिवसका अवसरमा दिइने नियमित माफी मिनाहा नपाउने सूचीमा यी मुद्दा रहेकोमा प्यारोलको नकारात्मक सूचीमा भने छैनन् । नकारात्मक मुद्दाको सूचीमा नरहेका कैदीले ५० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी पाउने प्रावधान भएकाले आधा कैद सजाय भुक्तान गरेपछि नै छुट्छन् । माफी मिनाहाको नकारात्मक सूचीमा रहेकाले पूरै कैद बस्नुपर्ने हुन्छ ।

नौ किसिमको अपराधका कैदीले प्यारोलमा बस्न पाउने छैनन् । जन्मकैद, भ्रष्टाचार, जबरजस्ती करणी, तेजाब हमला, मानव बेचबिखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना तथा क्रुर अपराध, मानवताविरुद्धको अपराध तथा राज्यविरुद्धको अपराध प्यारोलको नकारात्मक सूचीमा छन् ।

यसरी प्यारोलमा रहने कैदीहरू प्यारोल अधिकृत(जेलर)को निगरानीमा हुनेछन् । परिवारसँगै घरमा बसेपनि उनीहरू निश्चित समयमा जेलरसँग सम्पर्क गर्नुपर्ने हुन्छ । ‘कति समयमा कारागारमा तारेखमा जाने भन्ने कुरा जेलरले नै तोक्ने कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डे बताउँछन् । प्यारोलमा रहँदा शर्त पालना नगरेमा बाँकी कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

Related

Previous Post

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

Next Post

बजेटको अर्धवार्षिक समीक्षा : सरकारको आम्दानी भन्दा खर्च धेरै

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
बजेटको अर्धवार्षिक समीक्षा : सरकारको आम्दानी भन्दा खर्च धेरै

बजेटको अर्धवार्षिक समीक्षा : सरकारको आम्दानी भन्दा खर्च धेरै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शुक्रबार भक्तपुरमा भएका दुइटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, माघ २८, २०७९
मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

बुधबार, फाल्गुन १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In