काठमाडौं । नेपाली वास्तुविद समाज (सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स , सोना )को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपालमा वास्तुकला र सम्बन्धित कला, विज्ञान र प्रविधिको समुचित विकास, सम्बर्धन तथा परिचालन गर्ने गराउने तर्फ सहयोग पुर्याउने उद्देश्यका साथ नेपाली वास्तुविद् समाज स्थापना भएको हो ।
समाजको पन्ध्रौं कार्य कारिणी समितिका अध्यक्ष ईश्वरलाल जोशीको सभापतित्वमा पुष २६ गते सम्पन्न सभामा सोनाका पुर्व अध्यक्षहरु, वरिष्ठ आर्किटेक्ट्स , रजिस्ट्रड तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो।