काठमाडौँ । पुुष २३, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणलाई व्यवसायीले भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् ।
सोमबार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले प्राधिकरण र व्यवसायी दुवैको हित हुनेगरी उपयुक्त विकल्प खोज्नुपर्ने बताएका हुन् ।
यस बारे संसदीय समिति र अख्तियारको निर्देशन र महान्यायधिवक्ता कार्यालयको राय पनि दिने बताए । प्रचण्डले भने, ‘त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारू हुने बिकल्पमा जानु राम्रो हुन्छ। त्यसका लागि तपाईहरूले बिकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस्।’