काठमाडौं । पुष १६, उसु खेलाडी निता खड्काको निधनमा नेपाल उसु महासंघले सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौला, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, उसु महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले स्व। निताको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
निताको पुस १३ गते हेटौंडामा भएको प्रथम अन्तरप्रदेश उसु प्रतियोगितामा सहभागी भएर घर (जुगेरा, धनगढी) फर्कने क्रममा सडक दुर्घटनामा परी निधन भएको थियो । पुस ११ देखि १२ गतेसम्म भएको प्रतियोगितामा निताले सान्सौंको महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन् ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: