भाेजपुर । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो ।
पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन ।
पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।