Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

Sambridinews by Sambridinews
बुधबार, पुस ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्वास्थ्य
0
४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा. श्रेष्ठले भने

You might also like

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया बाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्धतिमा गर्नुभएको केयर कहिल्यै बिर्सन सक्दिनँ ।’

केएमसीमा स्वास्थ्य क्षेत्रका नवीनतम उपचार प्रविधिहरू भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरू हल गर्न सकिएको छ । डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।

परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ । ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन ।’ डा. श्रेष्ठले भने ।

Related

Previous Post

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

Next Post

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Sambridinews

Sambridinews

Related Posts

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
Next Post
हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

बुधबार, कार्तिक १, २०८०
काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध

काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध

बुधबार, मंसिर २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

शनिबार, फाल्गुन २३, २०८२
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

शनिबार, फाल्गुन २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In