Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक वर्षमा नेपाल वायुसेवा निगमको आम्दानी सवा २२ अर्ब

Sambridinews by Sambridinews
बुधबार, पुस ४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एक वर्षमा नेपाल वायुसेवा निगमको आम्दानी सवा २२ अर्ब
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । पुष ४, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेवानि०ले आर्थिक वर्ष ०७९र८० मा २२ अर्ब २४ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ०७८र७९ को तुलनामा ३५ प्रतिशत बढी हो । सो वर्ष १६ अर्ब ४६ करोड आम्दानी भएको महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । त्यस्तै, आर्थिक वर्ष ०७७र७८ मा नौ अर्ब ११ करोड भएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । तर, कुन–कुन सेवा प्रवाहबाट कति आम्दानी भएको भनेर खुलाएको छैन ।

निगमको कुल आम्दानीमा ग्राउन्ड ह्यान्डलिङ र न्यारोबडी एयरबस ३२० जहाजको योगदान बढी छ । वाइडबडी एयरबस ३३० र आन्तरिक उडानमा भने निगमलाई घाटा रहेको छ । निगमले काठमाडौं, भैरहवा र पोखराका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ ९ग्राउन्ड ह्यान्डलिङ० सेवा प्रदान गर्दै आइरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको खण्डमा निगमले कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने स्थिति रहेको निगमका अधिकारीहरू बताउँछन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

पछिल्लो समय नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाप्रति असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम कम्पनी छनोटका लागि तयारी थालेको छ । तर, निगमका कर्मचारी संगठनले काम रोकेर आन्दोलनमा उत्रिएपछि पर्यटनमन्त्री सुदन किराँतीले तत्कालका लागि निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने आश्वासन दिएका छन् ।

निगमसँग अन्तर्राष्ट्रिय दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन् भने आन्तरिकतर्फ दुईवटा ट्विनअटर विमान रहेका छन् । जसमध्ये आन्तरिकतर्फ नियमित उडानमा भने एउटा मात्र जहाज हुने गर्छ ।निगमले युरोप, अस्ट्रेलिया, कोरिया, जापानलगायत लामो दूरीमा उडान गर्ने उद्देश्यसहित दुईवटा वाइडबडी जहाज खरिद गरेको थियो । तर, अहिले जापानबाहेक अन्य गन्तव्यतर्फ उडान गर्न नसक्दा वाइडबडीमा ठूलो घाटा व्यहोर्नुपरेको छ ।

वाइडबडी विमानलाई भारतको नयाँ दिल्लीजस्तो छोटो दुरीमा उडाउँदा निगमलाई घाटा भएको बताइन्छ । अहिले निगमले स्टल उडानका लागि तीनवटा जहाज खरिदको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, आन्तरिक ट्रंक रुट र अन्तर्राष्ट्रिय उडानका लागि पनि नयाँ जहाज किन्ने निगमको तयारी छ । तर, भएकै जहाज पूर्ण क्षमतामा चलाउन नसकिरहेको वेलामा नयाँ जहाज खरिद गर्न लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

निगमको एउटा ट्विनअटर विमान १२ वर्षदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छ । आन्तरिक उडानका लागि भनेर चीनबाट खरिद गरेर ल्याइएका पाँचवटा जहाज ०७७ साउनदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छन् । जसका लागि वार्षिक ४८ करोड रुपैयाँ खर्च हुने गरेको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजकत्वमा भएको एक अध्ययनले देखाएको छ । निगम व्यवस्थापन बिग्रिएको जहाज मर्मत गरेर उडाउनमा भन्दा नयाँ जहाज खरिदमा मात्र केन्द्रित हुँदै आएको देखिन्छ ।

Related

Previous Post

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

Next Post

६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

शुक्रबार, चैत्र २७, २०८२

सुनकाे मुल्यमा हालसम्मकाे उच्च

आइतवार, फाल्गुन २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In