Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, December 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल स्टक डिलरको औपचारिक समुद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २९, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
नबिल स्टक डिलरको औपचारिक समुद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

एमाले महाधिवेशन : १० बजेदेखि मतगणना सुरू

महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग


काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो ।
पुँजी बजारसम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजी बजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए। हमालले पुँजी बजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे । बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजार विकासमा नयाँ आयाम थपेको उनले बताए ।
नबिल बंैकले नेपालको पुँजी बजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए । अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासहरूलाई नेपालमा तथा संस्थागत सुशासन कायम गर्नेे उनले धारणा राखे ।
कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजी बजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे ।
नबिल स्टक डिलरका अध्यक्ष निरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजी बजारमा पृथक पहिचान कायम गर्ने बताए ।
नबिल स्टक डिलर एक विश्वासिलो एवं दरिलो धितोपत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरिको भनाई छ । यस अघि नबिल सेक्यूरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हाल नाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य गरेको हो । कम्पनीले गत भदौ २० गतेदेखि आफ्नो कारोबार सञ्चालन गरे तापनि औपचारिक उद्घाटन आज गरिएको हो । नबिल सेक्यूरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । कम्पनीको अध्यक्ष गिरि धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन् ।
चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गरिरहेको छ । निकट भविष्यमा छिट्टै नै मार्जिन कर्जा सेवा, लगानी व्यवस्थापन सेवा लगायतका सेवाहरू सञ्चालन गर्ने तयारीमा नबिल स्टक डिलर रहेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलालसेवा (धितोपत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।

Related

Previous Post

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा रिहा

Next Post

मुवाँथाइ टोली भारत जाने

Sambridinews

Sambridinews

Related Posts

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

by Sambridinews
बिहिबार, पुस ३, २०८२
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदै
TOP STORIES

एमाले महाधिवेशन : १० बजेदेखि मतगणना सुरू

by Sambridinews
बिहिबार, पुस ३, २०८२
महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग
FEATURED

महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग

by Sambridinews
बिहिबार, पुस ३, २०८२
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
FEATURED

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

by Sambridinews
बुधबार, पुस २, २०८२
एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि
TOP STORIES

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि

by Sambridinews
बुधबार, पुस २, २०८२
Next Post
मुवाँथाइ टोली भारत जाने

मुवाँथाइ टोली भारत जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

मङ्लबार, माघ १०, २०७९
सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गतेदेखि फोहर रोक्ने बञ्चरेडाँडा प्रभावितको चेतावनी

सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गतेदेखि फोहर रोक्ने बञ्चरेडाँडा प्रभावितको चेतावनी

बुधबार, भदौ २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

बिहिबार, पुस ३, २०८२
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदै
TOP STORIES

एमाले महाधिवेशन : १० बजेदेखि मतगणना सुरू

बिहिबार, पुस ३, २०८२
महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग
FEATURED

महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग

बिहिबार, पुस ३, २०८२
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
FEATURED

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

बुधबार, पुस २, २०८२
एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि
TOP STORIES

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि

बुधबार, पुस २, २०८२
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
FEATURED

महिला पत्रकारमाथि समाचार संकलनका क्रममै दुर्व्यवहार : महासंघकाे आपत्ति

बुधबार, पुस २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In