प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । उनले मंङ्सिर २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जनाइएकाे छ ।
कुनैपनि बाध्यता नभइ आफ्नो राजीनामा बारे पछि सार्वजनीक हुने उनले बताएका छन् ।
गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए ।
सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे थाहा नभएको जानकारी दिए ।