Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 29, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज कोजाग्रत पूर्णिमा, बडादसैं समापन हुँदै

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कार्तिक ११, नेपालीहरुको महान चाड वडादशैंभव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।

You might also like

‘मोन्था’ चक्रवातका कारण कोशी र मधेसमा भारी वर्षाको सम्भावना

साेलुमा हेलीकप्टर दुर्घटना

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ ।

शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ । अखिल बलिपूर्ति हुने दिन नै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने क्रम पनि शुक्रबार नै समापन गरिएको हो ।

लोकव्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि सुरु गरिँदैछ ।

आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिने जनाइएको छ । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ ।

Related

Previous Post

क्षेत्रीलाई तेक्वान्दोको छैटौँ डान

Next Post

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

Sambridinews

Sambridinews

Related Posts

‘मोन्था’ चक्रवातका कारण कोशी र मधेसमा भारी वर्षाको सम्भावना
FEATURED

‘मोन्था’ चक्रवातका कारण कोशी र मधेसमा भारी वर्षाको सम्भावना

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
साेलुमा हेलीकप्टर दुर्घटना
TOP STORIES

साेलुमा हेलीकप्टर दुर्घटना

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै
FEATURED

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा
TOP STORIES

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

by Sambridinews
मङ्लबार, कार्तिक १२, २०८२
२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनसिपका लागि छनोट
TOP STORIES

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनसिपका लागि छनोट

by Sambridinews
मङ्लबार, कार्तिक १२, २०८२
Next Post
आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राममायालाई १५ सय मिटर दौडमा स्वर्ण

राममायालाई १५ सय मिटर दौडमा स्वर्ण

आइतवार, माघ २२, २०७९
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

पश्चि वायूको प्रभावका कारण आज देशभरी नै बादल लाग्ने

सोमवार, माघ २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘मोन्था’ चक्रवातका कारण कोशी र मधेसमा भारी वर्षाको सम्भावना
FEATURED

‘मोन्था’ चक्रवातका कारण कोशी र मधेसमा भारी वर्षाको सम्भावना

बुधबार, कार्तिक १३, २०८२
साेलुमा हेलीकप्टर दुर्घटना
TOP STORIES

साेलुमा हेलीकप्टर दुर्घटना

बुधबार, कार्तिक १३, २०८२
सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै
FEATURED

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै

बुधबार, कार्तिक १३, २०८२
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा
TOP STORIES

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

मङ्लबार, कार्तिक १२, २०८२
२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनसिपका लागि छनोट
TOP STORIES

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनसिपका लागि छनोट

मङ्लबार, कार्तिक १२, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट

मङ्लबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In