सिन्धुली । बीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका वडा नं. २ चियावारीमा भएको बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
गाेलान्जाेर गाँउपालिका हैबारबाट तरकारी बाेकेर कनपा ४ मा तरकारी बोकेर आएको बा २० च ८२८३ नम्बरको बोलेरो चियाबारीमा दुर्घटना हुँदा त्यसमा सवार अन्य सातजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोलान्जोर गाँउपालिकाका पृथ्वी बहादुर भुजेल र उदय बहादुर मगर रहेको जनाइएको छ । घाइतेहरूको सिन्धुली जिल्ला अस्पताल सिन्धुलीमाढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
