काठमाडौं, साउन ७ ,विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।
साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्ने छन् । महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।
प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: