भक्तपुर । गठ्ठाघरमा ट्रकको ठक्करबाट स्ककुटरमा सवार एकजनाकाे मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर स्कुटरमा सवार ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ । उनको शव आफन्तले सनाखत समेत गरिसेकेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
दुर्घटनापछि आक्रोशित मानिसहरुको भिडले सवारी अवगन अवरूद्ध गर्नुका साथै उक्त क्षेत्रमा तनव बढकाे थियाे ।
प्रहरीले अश्रुल श्यास प्रहार गरी भिड तितरवितर गरेकाे थियाे ।