Sunday, June 29, 2025
Date
आइत, असार १५, २०८२
Sun, June 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home विचार

सम्झनामा कार्ल मार्क्स

Sambridinews by Sambridinews
सोमवार, बैशाख २२, २०८२
in विचार
0
सम्झनामा कार्ल मार्क्स
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

उन्नाइसौं शताब्दीमा शासनमा केन्द्रीय सरकारको अन्त्य गरेर सम्पत्तिमा समुदायको हक एवं अधिकार प्रतिस्थापन गर्दे समुदायको स्वयत्तता कायम गराउनु पर्छ भन्ने र ब्याक्तिको योग्यता समानता क्षमताका साथै आवश्यकता अनुसार वस्तु र सेवाको वितरण गर्ने बैज्ञानिक समाजवादी तथा साम्यवादी विचारधाराका प्रणेता कार्ल माक्र्सको जन्म ५ मे सन १८१८ मा दक्षिण ( हालको जर्मनी ) प्रशियाको ट्रिन्स भन्ने स्थानमा,आजभन्दा २०७ बर्ष अघि एउटा यहुदी परिवारमा भएको थियो ।

मार्क्स ६ वर्षको हुँदा उनका माता पिताले यहुदी धर्म छोडेर इसाई धर्म अपनाएका थिए। उनका पिता कानुन व्यवसायी भएका कारण छोरा माक्र्स पनि कानुन व्यवसायी नै बनोस भन्ने उनका पिताको चाहाना थियो । १७ बर्षको उमेरमा म्याट्रिक पास गरेका मार्क्सले पिताको सल्लाह अनुसार बोन विश्वविद्यालयमा कानुन पढ्न गए । त्यहाँ अध्यनरत रहदा हेगेलको द्वन्दवादी दर्शनबाट असाध्यै प्रभावित भए ।
त्यसपछि माक्र्सको ध्यान कानुन पढ्ने र ठुलो वकिल बन्ने तर्फ गएन । त्यो थाहा पाएपछि उनका पिताले दर्शन र इतिहासमा अध्ययन गर्न बर्लिन विश्वविद्यालय पठाए ।
माक्र्सलाई दर्शन र इतिहासको अध्ययनप्रति गहिरो रुचि भएकै कारण स्वतन्त्र रुपले दर्शन र इतिहासको गहन अध्यन गरे । त्यो समय बर्लिन विश्वविद्यालय हेगेलीय दर्शनको केन्द्र थियो ।
त्यसपछि उनले अहोरात्र दर्शन, राजनीति र इतिहासको अध्ययन चिन्तन र मनन गर्न थाले । उनले युनानको प्राचीन वस्तुवादी दार्शनिक डेबिट क्राइटस र एपिक्युरसको प्रकृति दर्शनको भेदका सन्दर्भमा अनुसन्धानमुलक निबन्ध लेखे ।
सन् १८४१ मा दर्शनशास्त्रमा एमए गरे । त्यसपछि माक्र्स अध्यापनको काममा लागे । तर चाडै नै अध्यापनको काम छोडेर पत्रकारको भुमिकामा अगाडि आए। उनले फिनिचे जेटुङ भन्ने एउटा उदारवादी पत्रिकाको सम्पादक भएर काम गर्न थाले ।
उदारवादी पत्रिका एउटा क्रान्तिका

You might also like

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा

विकास बजेट सधै बाडिचुडी लुड्याउने

री पत्रिकामा रुपान्तरणमा हुँदै जाँदा सरकारले पत्रिकामाथि कडा निगरानी राख्न थाल्यो । पत्रिकालाई बचाउन माक्र्सले सम्पादकबाट राजिनामा दिएपछि पत्रिका पनि बन्द भयो ।
जर्मनीमा क्रान्तिकारी विचारको पत्रिका निकाल्ने वातावरण नभएपछि कार्ल माक्र्सले फ्रान्सबाट पनि सो पत्रिका निकाल्ने प्रयास गरे तर एक अंकभन्दा बढि निस्कन सकेन ।
यसैबीच माक्र्सले आफ्नी प्रेमीका जेनी बोन वेष्ट फलेनसँग विवाह गरे । १९४४ मा कार्ल माक्र्सको फ्रेडरिक एङ्गेल्ससँग भेट र परिचय भयो ।

पेरिसबाट प्रकाशित नयाँ पत्रिकामा माक्र्सले हेगेलको न्याय दर्शनको समिक्षा र यहुदीहरुको प्रश्न भन्ने दुई लेख छपाएका थिए । त्यसको चर्चा जर्मनीसम्म पुग्यो । जर्मनी सरकारले माक्र्सलाई राजद्रोहको आरोप लगायो र जर्मनीको भुमिमा माक्र्सले पाइला टेक्नसाथ पक्राउ गर्ने भनेर एक उर्दी जारी समेत गर्याे । सन् १९४५ मा कार्ल माक्र्सले प्रशिया (हालको जर्मनी) को नागरिकता नै परित्याग गरेको घोषणा गरे ।

मार्क्स तीनवर्ष ब्रसेल्समा रहेको अवस्थामा धेरै महत्तपूर्ण कामहरू गरे । एङगेल्सको सहयोगमा १८४६ मा माक्र्सले एक साम्यवाद संवाद समिति नामक संस्थाको स्थपना गरे। यसको प्रमुख उदेश्य विभिन्न देशका मजदुर तथा सर्वहारा वर्गका बीचका सम्बन्ध बिस्तार र संगठानात्मक एकता स्थापना गर्नु थियो ।
माक्र्स र एङगेल्सलाई यो संस्था मार्फत अगाडि बढ्न सहज वातावरणको सिर्जना भयो । लन्डनमा पनि लिग अफ द जस्ट भन्ने संस्था थियोे यसका सदस्य माक्र्स र एगेल्स दुबै थिए।
पछि लिग अफ जस्टलाई बदलेर कम्युनिस्ट लिगमा रुपान्तरण गर्ने निर्णय भयो र कम्युनिस्ट लिगले माक्र्स र एङगेल्सलाई घोषणापत्र तयार गर्ने महत्वपूर्ण जिम्मेवारी दियो । माक्र्स र एङगेल्सले यो जिम्मेवारी सहज स्वीकार गर्दे गम्भीरतापूर्वक पुरा गरे ।

मार्क्स र एङगेल्सले १८४८ फेब्रुअरीमा कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरे । यसमा संसारमै पहिलोपटक संसारका मजदुर एक हौ भन्ने नारा थियो । पुँजी र मजदुरका बीचको वर्गीय भेद र वर्गीय स्वार्थको विज्ञान प्रस्तुति गरिएको थियो ।
यो घोषणापत्र सर्वहारा वर्गको नयाँ राज्य व्यवस्था स्थापनाको सन्दर्भमा लेखिएको सानो तर महत्वपूर्ण दस्तावेज थियोे । यसमा अलि ठुलो अक्षरले सर्वहारा वर्गसँग जित्नका लागि संसार छ, तर गुमाउन एउटा सिक्री बाहेक केही छैन भनेर पनि लेखिएको थियो ।
उक्त घोषणापत्रले युरोपेलीमुलुकमा एक किसिमको भयानक हलचल नै ल्यायो । सन् १८४८ कै शुरुवाती समयमै जर्मनी फ्रान्स लगायतका देशहरूमा मजदुर आन्दोलनका ज्वाराभाट नै उठ्यो ।

बेल्जियममा रहेका माक्र्सलाई त्यहाँको सरकारले उनलाई गिरफ्तार गरी निर्वासनको सजाय दियो । १८४८ मा त्यहाँका राजा लुई फिलिप भागेर बेलायतमा थिए । त्यहाँको राजनीति परिवर्तन भइ एउटा अस्थायी सरकार बनेको थियोे । त्यसका नेता फलोकोले माक्र्सलाई फ्रान्स आउन निमन्त्रणा गरे । यता बेल्जियममा भने आन्दोलन चर्कन लागेको थियोे । त्यहाँको राजा चलाख र धुर्त थिए । उनले यदि राष्ट्रले चाहेमा राज्य नै त्याग्छु भनेर जनतासामु आत्मसमर्पण गरे ।

राजाको यस्तो रुवाईमा विस्वास गरेर त्यहाँका पुँजीवादी उदारवादी राजनीतिज्ञहरुले राजालाई समर्थन गरेर क्रान्तिलाई दबाउने काम गरे । सबै विद्रोहीलाई प्रहरीले लखेट्दा कार्ल मार्क्स र उनकि, श्रीमती जेनी पनि पक्राउ परिन् ।
जेनीलाई प्रहरीले जिबिकापार्जनका निम्ति यौन व्यवसायी गर्ने महिलाहरुसँग एक रात थुनेका थिए । जेनीले विभिन्न समयमा अनमानजनक व्यवहार सहन बाध्य हुनुपर्यो ।
ब्रसेल्सबाट माक्र्स र जेनी यसरी निकालिएका थिए । माक्र्स र एङगेल्स गोप्य रुपमा जर्मनी पसे र मजदुर आन्दोलनको केन्द्र राइन प्रान्तमा उनीहरुले सन २८४८ देखि जनताको मुखपत्र राईजिङ जेदुङ प्रकाशन गर्न थाले ।

पत्रिका युरोपभरी यति लोकप्रिय हुन थाल्यो कि त्यो जर्मनीका मजदुरहरुको मुखपत्र मात्र होइन पुरै युरोपभरिका मजदुरहरको मुखपत्रका रुपमा स्थापित हुन पुग्यो । जर्मनीमा मजदुर आन्दोलन असफल भयो । पुन माक्र्सलाइ राजद्रोहको अभियो लाग्यो । माक्र्स पुनः फ्रान्स फर्किए ।
फ्रान्समा पनि माक्र्सलाई शान्तसंग बसेर काम गर्ने वातावरण मिलेन । १५ जुन सन १९४९ मा फ्रान्समा सरकार विरुद्ध ठुलो जनपर्दशन भयो । त्यसपश्चात सरकारले माक्र्सलाई पेरिस छोड्ने आदेश गर्याे । २४ अगष्ट सन १९४९ मा माक्र्सको सपरिवार पेरिस छोडेर लन्डन गए ।

मार्क्सले ३४ वर्षसम्म आफ्ना भयानक गरिबी र कष्टकर जीवनहरु लन्डनमा नै बिताए। लन्डनमा बस्दा माक्र्स परिवार पैसा र अन्नको लागि छट्पटीरहनु परेको अवस्था थियोे । त्यसबेला घर मालिकले सार्हे निर्यदयापुर्वक माक्र्स परिवारलाई डेराबाट निकाल्यो ।
मार्क्स परिवार लन्डनस्थित चेल्सीको एक घरमा बस्थे । घरको बहाल दिइसकेको थियोे । तर , त्यो बहाल लिने मानिसले घरको मुख्य मालिकलाई पैसा दिएको रहेनछ । तैपनि घरबाट निस्कनै पर्याे ।

साधारण घरबहाल तिर्न सकेन भनेर संसारको गरिबी हटाउन आफ्नो देश त्याग्ने सिद्धान्त र क्रान्तिप्रति अपार श्रद्धा र भक्ति राख्ने कार्ल माक्र्स आफ्नो झिटीगुन्टा र बाल बच्चा लिएर एक ठाउँबाट अर्को ठाउँमा बिरालाले बच्चा सारेजस्तै सार्न बाध्य भए ।
मालिक चाहे त्यो घरको होस या कारखाना अथवा खेतको होस सबै निर्दयी नै हुँदो रहेछ भन्ने व्यवहारले देखायो । पछि बल्लतल्ल माक्र्स परिवारले लिसेक्टर ट्रियरको जर्मन होटलमा केही समयको लागि शरण पाए ।

आर्थिक सङकटका बिच उनि एउटा गरिब बस्ती स्क्वायरको २८ डीन स्ट्रीट भन्ने ठाउँमा डेरा सरे । गरिवीका विच सन्तानको अकाल मृत्यु समेत सामना गर्नुपर्याे ।
गरिबी र दुःखको समयमा पनि कार्ल माक्र्सले मजदुर वर्गको विश्व चर्तित पुँजी नामक ग्रन्थका लागि सामाग्री जुटाउँदै र गम्भीर अध्ययन गर्न लागे ।
आर्थिक समस्यामा पनि माक्र्स बृटिश म्युजियममा दस घण्टा अध्ययन गर्न जाने गर्दथे । यता डेरामा भोक भोकै बच्चा बच्चीहरुको रुवाबासी चल्दथ्यो ।
दुःख र अभावमा बच्चाबच्चीको आँखामा आँसु हेरेर ग्लानि हुदै माक्र्सले भन्ने गर्दथे, जस्तोसुकै दुःख किन नहोस आफ्नो लक्ष्यमा जानुछ । म आफुलाई बुर्जुवा पुँजीवादी समाजको पैसा कमाउने मेसिन बनाउन दिन्न ।

मार्क्सले दर्शनलाई केवल प्रकृतिको अध्ययन गर्ने कुरामा मात्र सिमित नराखी मानव समाजको व्याख्या गरी ऐतिहासिक भौतिकवाद नामको सिद्धान्त प्रतिपादन गरे ।
उनले द्वन्दात्मक भौतिकवादी विधिको प्रयोग गर्दे सबै प्रकारका सामाजिक सम्बन्धमा लागेका मानिसहरुबीचको आर्थिक सम्बन्धहरुको पनि अध्ययन गरेर के निष्कर्ष निकाले भने कुनै पनि समाज चिरस्थायी छैन ।

सामन्तवादको गर्भवाट जन्मिएको पुँजीवाद जुन हिजो थिएन, भोली पनि रहनेवाला छैन ।
प्रत्येक समाजमा विशेष खालको उत्पादन पद्धति सफल हुन्छ । त्यसको आर्थिक आधारमा दुईवटा पक्षहरू उत्पादक शक्ति र उत्पादन सम्बन्ध खडा भएका हुन्छन् । जसमा निरन्तर एकता र सङघर्ष भइरहेको हुन्छ । दुई पक्षको एकताको अवस्थामा उत्पादन पद्धति सफल हुन्छ । समाज सुचारू रुपले चल्छ । विश्वभर यस विचारको तीब्र प्रभाव देखियो ।

रुस चीन मंगोलिया भियतनाम लगायत धेरै देशहरुमा यसले ठुल ठुला क्रान्तिहरुलाई प्रेरित गर्याे । विश्वको आधाभन्दा बढी जनसंख्याले एक समय साम्यवादी शासन प्रणालीको अनुभव गर्याे । पुँजीवादी देशहरुमा पनि यसको प्रभावस्वरुप श्रमिक अधिकारका लागि ठुल ठुला आन्दोलन भए ।
त्यसबाट सामाजिक सुरक्षा कल्याणकारी राज्यका अवधारणाहरु विकास भए । तर कार्ल माक्र्स र फ्रेडरिक एङगेल्सद्धारा प्रतिपादन भएको उन्नाइसौं शताब्दीको समाज र आजको समाज एक्काइसौं शताब्दीको समाज आधारभूत रुपमा ठुलो भिन्नता छ ।

आजको युग डिजिटल युगको हो । त्यसैले अब क्रान्ति डिजिटल क्रान्ति बाट नै समाज परिवर्तन गर्न सकिन्छ । हामी यस्तो विश्वमा बसेका छौ जुन पचासको दशक सित युद्धकालीन मध्य दशक थियोे । त्यस्तो दशक अहिले छैन ।
हाम्रो संसार त्यस्तो छ, जसको विशेषता पुर्वी युरोप र सोभियत संघमा समाजवादको पराजय र सयुक्त राज्य अमेरिका कुनै प्रतिद्वन्द्वी शक्तिबिनाको विश्वको सबैभन्दा ठुलो सैनिक शक्तिमा रुपान्तरण हुनु हो । जुन अवस्थाले कम्युनिस्ट माक्र्सवादी र प्रगतिशील शक्तिहरुलाई ठुलो धक्का लागेको छ ।

हाम्रो संसार एउटा त्यस्तो संसार हो, जसको विशेषता बैज्ञानिक प्राविधिक क्रान्तिद्धारा सिर्जत बिकासहरु तिनीहरूको उत्पादन प्रक्रिया र प्राविधिकमाथि प्रभाव हो । अर्थतन्त्र र संस्कृतिको भुमण्डलीकरण र आमसञ्चारको बढ्दो शक्ति र पुँजीवादले आफ्नो सबैभन्दा क्रुर, छद्य नवउदारवादमा आफ्नो लाभको लागि प्रविधिक विकासहरुको उपयोग गरिरहेको छ । अहिले तपाई हामी यसैमा दौडिरहेका छौ ।

Related

Previous Post

फुडमाण्डुको सेवा बिस्तार : ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सञ्चालनमा

Next Post

गजलका कुराले जल बर्साउदै आइन्  बबिना (भिडियो सहित)

Sambridinews

Sambridinews

Related Posts

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

by Sambridinews
बिहिबार, असार ५, २०८२
संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा
राजनीति

संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा

by Sambridinews
मङ्लबार, असार ३, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
FEATURED

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
Next Post
गजलका कुराले जल बर्साउदै आइन्  बबिना (भिडियो सहित)

गजलका कुराले जल बर्साउदै आइन्  बबिना (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न संसदीय समितिकाे सरकारलाई निर्देशन

बुधबार, जेष्ठ ३१, २०८०
पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

सोमवार, साउन १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

शुक्रबार, असार १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.