- भोजराज घिमिरे
समर्थन भन्दा पनि आलोचना बढी भएको थियोे जोसेफ स्टालिनको कार्यकाल। स्टालिनले कम्युनिस्टरुमा एक खराब पात्र मानिन्छन जसले आफ्ना विरोधी र पार्टीभित्रका आलोकचहरुलाई अल्पमतको डण्डा चलाएर उसको राजनीतिक भविष्य अन्त गर्नेदेखि सैन्य हिरासतमा राखेर कडा यातना दिएर मार्नेसम्मको काम गरे ।
स्टालिनवाद भनेको तत्कालीन सोभियत संघमा जोसेफ स्टालिनले साम्यवादी समाज निर्माणका लागि अपनाएका नीति हो । यो विशेषगरी भ्लादिमियर लेनिनको निधन २१ जनवरी सन १९२४ पछि सन १९२५ देखि १९५३ स्टालिनको निधन हुनु अगाव सोभियत संघमा लागू गरिएको नीति तथा सिद्धान्त थियो ।
स्टालिनले सोभियत संघलाई तीब्र गतिमा औद्यौगिकरण गर्न जोड्वल गरे। यसको लागि पञ्चवर्षीय योजनाहरु लागू गरिए । अर्थव्यवस्था पुर्णरुपमा राज्यको नियोजित नियन्त्रणमा ल्याइयो । किसानका निजी जमिनलाई सामुहिक कृषि फारममा परिणत गरियो।
यसले किसानको जग्गा जमिन खोस्ने काम भयो र उनीहरूलाई सरकारको नियन्त्रणमा राख्ने काम गर्यो जसले एककिसिमले सरकार नियन्त्रित कर्मचारी जस्तो बनायो । स्टालिनको यस्तो नीतिको चौतर्फी विरोध त भयो तर विरोधले कुनै परिवर्तन ल्याउन सकेन । कालान्तरमा सर्वसाधारण जनता भोकमरीको चपेटामा पर्दै गए ।
स्टालिनवादले ठुलो मात्रामा राजनीतिक हिंसा र उत्पीडन निम्त्यायो यसको विरोध गर्नेलाई पार्टी संगठनबाट भौतिक सफाय गर्ने र निर्वासनमा पनि निर्मम दमन गरे । पार्टीभित्रका वर्निष्टो, निकोलस वुखारीन जस्ता नेताको सफाय र पुँजीपतिवर्ग, मजदुरवर्ग पुर्व सहकर्मी र सेनाका अधिकारीलाई समेत स्तालिनको प्रतिशोधको भुङ्ग्रोमा परे ।
सन १९३७ को वर्ष ठुलो संख्यामा पार्टीभित्रै रहेका आफ्ना आलोचक सहकर्मी तथा नेता कार्यकर्ताहलई सफाय गरेपछि स्टालिनको नेतृत्वमा कम्युनिस्ट पार्टीले पुर्ण प्रभुत्व जमाउन सफल भयो । उनको कार्यकाल माक्र्सवाद लेनिनवादको अभ्यास भन्दा फरक ढंगले स्टालिनको निरंकुशताको रुपमा विकास हुनपुग्यो ।
भिन्न विचार वा विरोधलाई सोभियत सत्ताको विरोधी मानिन्थ्यो । स्टालिनको व्याक्तित्वको अत्याधिक प्रचार गरियो र उनलाई एक महान नेताको रुपमा प्रस्तुत गरियो । स्टालिनवाद भनेको जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघमा लागू गरिएको एक कठोर राजनीतिक र आर्थिक प्रणाली हो। जसले राज्यको पुर्ण नियन्त्रण तीब्र औद्योगिकरण कृषिको सामुहीकरण र राजनीतिक विरोधीहरुको निर्मम दमनमा जोड दिएको थियोे। जहा जनताको आर्थिक उपार्जन राजन्यको नियन्त्रणमा हुने गर्दथ्यो ।
समग्रमा भन्नुपर्दा स्टालिनको कार्यकाल एकातर्फ सोभियत संघमा औद्योगिक आर्थिक तथा वैज्ञानिक क्षेत्रमा तीव्र विकासको चरण रहेको थियो भने अर्कोतर्फ यो कालखण्ड त्यत्तिकै विवादित र दमनकारी सत्ताका रुपमा पनि आलोचित छ ।
ऐतिहासिक तथ्यहरुले स्टालिन सोभियत संघलाई विश्वको महाशक्तिको स्थानमा पु¥याउने, फासिज्मको आफ्नो एकछत्र विश्व साम्राज्य खडा गर्ने र दुस्साहसलाई चकनाचुर गरी त्यसको कालो छायाबाट मानव सभ्यतालाई बचाउने महानायक र मानवका लागि अन्तरिक्षको द्धार खोल्न आधारशीला तयार गर्ने नेताका रुपमा स्थापित गरेको छ ।
अर्कोतर्फ स्टालिन सत्ता कट्टर, जिद्दी असहिष्णु निरंकुशजस्ता नकारात्मक छवियुक्त व्याक्तीत्वका रुपमा प्रस्तुत गर्ने आधार पनि दिएको छ । खासमा भन्ने हो भने सोभियत संघको औद्योगिक विकास र आर्थिक समृद्धि तथा सोभियत संघलाई विश्व शक्तिका रुपमा स्थापित गर्ने काम नाजीवादबाट मानव सभ्यताको संरक्षण र मानव जातिलाई अन्तरिक्षमा प्रवेशका पुर्वाधार तयार गर्ने काम स्टालिनकै नेतृत्वमा भएका हुन ।
तैपनि स्टालिनको शासनकाल विवादमुक्त रहन सकेन । अहिलेपनि यसको समर्थन र आलोचना पुँजीवादी शक्ति र राजनीतिज्ञहरुबाट मात्र होइन स्वयम कम्युनिस्ट आन्दोलन भित्र समेत भइरहेको छ । स्टालिनबारे सर्वसम्मत धारणा स्थापित भइसकेको छैन । यसका पक्ष र विपक्षमा दुनियाका विद्धवानहरुले थुप्रै अनुसन्धानमूलक लेख रचना प्रकाशन गरेका छन् ।