- विनोद दाहाल
आज ३० ओैं नेपाली महान् जनयुद्ध दिवस हो । यस उपलक्ष्यमा सर्वप्रथम सबै सचेत सर्वहारा वर्ग र श्रमजिवी जनसमुदायलाई हार्दिक शुभकामना छ ।
जनयुद्ध “बिद्रोह गर्न पाउने जनताको अधिकार हो“ भन्ने सिद्धान्तमा आधारित भएर यो लेख सुरुवात गर्न चाहान्छु । जनयुद्धमा सर्वहारा वर्गको अग्रदस्ताले बिद्रोहको नेतृत्व अर्थात पहल लिने, कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले वर्गसङ्घर्षका कार्यक्रमहरू गर्ने र शोषितपिडित र अन्याय– अत्याचारमा परेका जनताले भाग लिंदैजाने कार्य हुन्छन् ।
अन्त्यमा उनै जनताको बलमा राज्यसत्ता कब्जामा लिएर ध्वस्त पार्ने कार्य हुन्छन् । यसको सट्टामा जनतालाई मुक्त र स्वतन्त्रता प्रदान गर्ने कार्य हुन्छ । त्यसैले जनयुद्ध जनताको आशाको केन्द्र हो । जनताको त्यही आशा र विश्वासमा अडिएर जनयुद्ध सफल हुनपुग्दछ । विश्वभरी भएका प्रयोगहरूमध्ये पछिल्लो चरणमा नेपालमा यसको सफल प्रयोग भएको छ ।
जनयुद्ध सबै प्रकारका शोषण, अन्याय, अत्याचार, र विभेदमा पारिएका जनताका तर्फबाट प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध लड्ने वर्गीय युद्ध हो । जनयुद्ध अर्को भाषामा भन्दा देशीविदेशी प्रतिक्रियावादी शासकले जनतामाथि थोपरिएका अन्याय, अत्याचार, शोषण, दमन र विभेदका विरुद्ध सचेत स्वेच्छाले लड्ने कार्य हो । यसको उद्देश्य श्रमजीवी जनताको हातमा शासन सत्ता ल्याउनु हो । शोषक वर्गले शोषण र दमन वा हिंसाको लागि ओैजारको रुपमा राज्यसत्ता निर्माण गरेका हुन् ।
हिंसाको जननी सत्ता हो, जसको नेतृत्व मुठ्ठीभर शोषक वर्गले गर्दै आएको हुन्छन् । जनयुद्धले शोषक वर्गको सत्तालाई पल्टाएर जनवादी अधिनायकत्वको सत्ता सत्ता सञ्चालन गर्दै समाजवाद र अन्त्यमा देश वा सत्ता (हिंसा) नै विलोपिकरण गर्दै साम्यवादसम्म पुग्ने उद्देश्यमा काम गर्दछ, जसलाई न्यायपूर्ण युद्ध हुन्छ । नेपाली जनयुद्ध पनि यही अन्तरवस्तुमा रहेर संचालित थियो ।
सामन्तवादी शासनव्यवस्था होस वा पुँजीवादी शासनव्यवस्था होस्, त्यहाँ न्याय र समानता र स्वतन्त्रता चाहिन्छ भनेर सचेत नागरिकले सङ्गठित रुपमा बिद्रोह गरेर कम्युनिस्ट व्यवस्था खोज्न थालेपछि शोषकहरू र शासकहरूले सङ्गठित रुपमा दमनमा उत्रिन थालेपछि जनबिद्रोह गरी जनस्तरबाट पनि जनसत्ता स्थापना गर्न र त्यसको विकासका प्रयत्नहरू सङ्गठित रुपमा शुरुहुन थाल्यो । यसलाई जनयुद्ध भन्न थालियो । नेपालको सन्दर्भमा झापा बिद्रोह जनयुद्धको पहिलो रुप हो । चौमले २०३५ सालतिर अर्कोपटक जनयुद्धको प्रयत्न भयो ।
२०४५ सालमा मशालले जनयुद्धबाटो हिंड्ने निर्णय लिपिबद्ध गर्यो । फासिवादी संसदीय दमन र राज्यआतङ्कका सबै घेरा तोड्दै २०५१ सालमा माओवादीले जनयुद्धको नेतृत्व गर्ने ऐतिहासिक निर्णय नै गरेर २०५२ फागुन १ गतेबाट जनयुद्धको नेतृत्व नै लियो ।
उत्पतीदेखि नै राज्यसत्ताले मानिसलाई मानिस हुन दिएन । यसले मानिसलाई दास वा कमारो बनायो, रैती वा प्रजा बनायो । ती दास वा रैतिले आफू शासन गर्ने कुरा सोच्दैनथे । शासकहरू शाुन गर्नका लागि एकआपसमा राज्य खोसाखोस गर्दथे, युद्ध र मारामार गर्दथे ।
मानिस त्यसका लागि परिचालित मात्र हुने गर्दथे । रोसमा सम्राटका दासहरू अर्थात स्पार्टिएनहरूले पहिलोपटक युद्धद्वारा मानव जातीको हितको शासनव्यवस्था मिलाएर सम्राटबिरुद्ध बिद्रोह गरे । इसापुर्ब नै स्पार्टाकसले उक्त बिद्रोहको नेतृत्व गरेका थिए । नेपालको सन्दर्भमा लखन थापाको नेतृत्वमा जङ्गवहादुरको बिरुद्धमा यसरी नै बिद्रोह भएको थियो ।
त्यतिवेला उनीलगायत ६ जनालाई क्रूर फाँसीको सजाँय भयो । त्यसपछि सचेत र शिक्षित जनताले दल नै खोले प्रजापरिषदले राणा शासनबिरुद्ध बिद्रोह गरे । त्यतिबेला पनि ४ जनालाई फाँसी, केहीलाई आजीवन कारावास, धेरैलाई जेल र यातना दिएर बिद्रोह दवाईयो । यसरी मानिसले स्वतन्त्र हुन र शासनाधिकारको लागि संघर्ष गरेको ईतिहास छ । यही ऐतिहासिक बिरासतबाट पाठ सिक्दै सर्वहारा वर्गको अग्रदस्ता सङ्गठित गरेर सचेत जनताले जनयुद्धको पहल गर्ने आँट गरेका हुन् ।
नेपालमा बिसं. २०५२ साल फागुन १ गतेदेखि २०६३ बैशाक ११ गतेसम्म युद्ध भयो । कार्तिक ७ गते बिस्तृत शान्ति संझौतामा हस्ताक्षर गरेपछि विधिवत रुपमा जनयुद्धको अन्त्य भयो । नेपाली राजनीतिक ईतिहासमा जनताद्वारा र जनताको पक्षमा भएको यो नै सबैभन्दा महत्वपूर्ण परिवर्तन हो ।
यही राजनैतिक परिघटनाको परिणाम अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अहिले राज्यसत्ता प्रयोग गरेर शासन गर्ने सामन्तीहरू ईतिहासको बगरमा मुडा झैं भएका छन् । निरन्तर क्रान्तिको माओवादी नीति अनुसार अब दलाल पुँजीपति वर्गले सोही नियती भोग्नुपर्नेछ किनकि जनताको शक्तिकाअगाडि प्रतिक्रियावादी वर्गको हार निश्चित छ ।