काठमाडौं, असार ३०, काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोश्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् ।
दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जनाएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजककै कोर्टमा खेलाइने छ । फाइनल बिहीबार हुनेछ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: