Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सोह्रौँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ: प्रधानमन्त्री दाहाल

Sambridinews by Sambridinews
बुधबार, साउन १७, २०८०
in FEATURED, TOP STORIES
0
सोह्रौँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ: प्रधानमन्त्री दाहाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताएको छ । सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै उनले अहिलेसम्मका योजनाहरूले देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा के–कस्तो भूमिका खेलेका छन् भन्ने विषयको गहिरो समीक्षा आवश्यक रहेको जनाएका छन् ।

उनले नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया परम्परागत र सीमित व्यक्तिको विवेकमा आधारित भएको बताउँदै यसमा व्यापक रूपान्तरण जरूरी रहेकामा जोड दिए । प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणको हाम्रो संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी छ । नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, त्यसले गर्दा नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता नहुने समस्या हामी कहाँ छ, यसलाई बदल्नुपर्छ ।”

You might also like

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्नेमा जोड दिँदै उनले हतार–हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरि बजेट अर्कोथरि बन्ने समस्याबाट ग्रसित हुनुपरेको बताए ।

“नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा पनि व्यापक रूपान्तरण आवश्यक छ । प्रस्तावको अल्पविराम र पूर्णविरामसमेत परिवर्तन नहुने भएपछि संसद्मा त्यति ठूलो छलफलको के अर्थ भन्ने प्रश्न पनि उठेको छ”, प्रधानमन्त्री दाहालले भने, “नीति तथा कार्यक्रम र बजेट प्रस्ताव भइसकेपछि पनि त्यसमाथि छलफल गरेर संशोधन गर्न सकिने व्यवस्था आवश्यक छ । यसमा राज्य संयन्त्रको मात्र नभएर बाहिरका बुद्धिजीवी र जनप्रतिनिधिको ज्ञान र विवेक प्रयोग गर्नेगरी तयारी गर्नुस् ।”

उनले आवधिक योजना निर्माणको प्रक्रियामा समेत बाहिरको सुझाव लिने व्यवस्था गर्नुुपर्ने बताए । उनले भने, “राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्नेतिर सोच्नुस् । सामूहिक विवेकको प्रयोग नगरी कुनै पनि प्रस्ताव सही र वैज्ञानिक बन्दैन ।”

सोह्रौँ योजनाको अवधारणा स्वीकृत

बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृति गरेको छ । बैठकले अवधारणालाई बृहत्रूपमा अन्तरक्रियामा लैजाने निर्णय गरेको छ । अवधारणामा सोह्रौँ योजनाको आवश्यकता, सोह्रौँ योजना तर्जुमाका आधार, दीर्घकालीन सोच, पन्ध्रौँ योजनाको लक्ष्य र कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परिसूचकको प्रगति समीक्षा, सोह्रौँ योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनागत रूपान्तरणका क्षेत्रलगायत विषय समावेश छन् ।

अवधारणामा पन्ध्रौँ योजनाको समीक्षा गरिएको छ, जसमा विश्वव्यापीरूपमादेखापरेको कोभिड महामारी, विश्वस्तरमा आएको राजनीतिक द्वन्द्व र अर्थतन्त्रमा संरचनागत सुधारको लक्ष्य पूरा गर्न नसक्दा पन्ध्रौँ योजनाको लक्ष्य प्रभावित भएको विश्लेषण गरिएको छ ।

सोह्रौँ योजनाको अवधारणामा सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाइएको छ । राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायत क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु सोह्रौँ योजनाको लक्ष्य किटानी गरिएको छ ।

अवधारणामा संरचनागत रूपान्तरणका क्षेत्रमा समष्टिगत आर्थिक आधारको सवलीकरण, उत्पादन र तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित एवं समावेशी रोजगारीका अवसरको सिर्जना, मानव स्रोत व्यवस्थापन, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय, समन्यायिक एवं जीवनोपयोगी शिक्षा, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणालीलाई समेटिएको छ ।

अवधारणामा गुणस्तरीय पूर्वाधार र व्यवस्थित सहरीकरण, सामाजिक सशक्तीकरण, समावेशीकरण र सामाजिक सुरक्षा, अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपद्को व्यवस्थापन र दिगो विकास र सुशासन प्रवर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलगायत विषय छन् ।

Related

Previous Post

सर्वसाधारणका लागि खोलिँदै तातोपानी नाका

Next Post

अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा

Sambridinews

Sambridinews

Related Posts

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००
TOP STORIES

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

by Sambridinews
शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

by Sambridinews
शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

by Sambridinews
शनिबार, अशोज १०, २०८३
Next Post
अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा

अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कम्प्युटर अपरेटर ५ हजार रुपैयाँ घुससहित पक्राउ

वीरगन्जमा विवाद समाधान गर्न सर्वदलीय बैठकले पाँचबुँदे समझदारी

मङ्लबार, फाल्गुन ८, २०८०
काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने

काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने

सोमवार, साउन ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००
TOP STORIES

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

शनिबार, अशोज १०, २०८३
आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In