Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

Sambridinews by Sambridinews
आइतवार, साउन २८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसाग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको सीआईबीले प्रतिवेदन दिँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रमाण पुगेन

काठमाडौँ ।श्रावण २८, माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ । महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।

You might also like

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले किटान गरेर प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ ।

राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरा अनुसन्धानको दायरामा अझै आएका छैनन् । त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भने भएको छैन ।

महराकै पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । तर, उनीहरू पार्टी र सरकारका अनुसन्धानकारी निकायबाट थप छानबिन गराउन अनदेखा गरिरहेका छन् । ‘महरामाथि कुनै अनुसन्धान अघि नबढ्दा आम जनमानस र प्रमुख प्रतिपक्ष दलमा यो सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको छैन भन्ने शंकालाई पुष्टि गरिरहेको छ,’ एक मन्त्री भन्छन्, ‘निष्पक्ष रूपमा काम गरिरहेको भनेर आम समुदायलाई विश्वासमा लिनका लागि भए पनि छानबिन हुनैपर्ने देखिन्छ ।’

८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट ९भेप० मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरूमाथि सामान्य सोधपुछसमेत गरेका छैनन् ।

यसले अनुसन्धानकारी निकायमाथि थप शंका पैदा गर्ने सरकारका एक मन्त्रीको भनाइ छ । महरामाथि छानबिन हुनैपर्ने दुई आधार उनले औंल्याए । ‘पहिलो त प्रधानमन्त्री तथा गृहमन्त्रीले भ्रष्टाचारका सबै फाइल खोतल्ने र दोषी देखिए कसैलाई पनि नछाड्ने भन्ने उद्घोष गरिसकेका छन् । भ्रष्टाचारविरुद्धको नेतृत्व उनीहरूले गरेको हो भनेर दाबी गर्ने र जस लिने हो भने महरालाई पनि उन्मुक्ति दिन मिल्दैन,’ ती मन्त्रीले भने, ‘दोस्रो आधार, हाल विभिन्न आरोप लागेका अन्य नेता भटाभट पक्राउ परिरहेका छन् । अनुसन्धान गर्दै जाँदा महरा निर्दोष देखिन सक्लान् । त्यसो भए त तस्करसँग संलग्नता देखिइसकेपछि सरकारले झन् चाँडो अनुसन्धान गरेर मुद्दा किनारा लगाउनुपर्ने होइन र रु’

सुन तस्करीमा महराको नाम जोडिएपछि प्रधानमन्त्री दाहालले गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण वज्राचार्यसँग छलफल भने गरेका थिए । ‘तर उनीमाथि अनुसन्धान गर्नू भनेर स्पष्ट निर्देशन भने दिएनन्,’ स्रोतले भन्यो, ‘त्यसका बाबजुत भेप प्रकरणमा अदालतमा मुद्दा दायर भए पनि अनुसन्धानको बाटो खुलै रहेकाले यो विषय अझै पनि सीआईबीले सूक्ष्म रूपमा हेरिरहेको छ ।’

गृहमन्त्री श्रेष्ठ भने सीआईबीले अनुसन्धान गरिरहेको बताउँछन् । ‘निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न निर्देशन दिइएको छ । सीआईबीले अनुसन्धान गरिरहेको पनि होला,’ उनले भने, ‘दोषी देखिए जोसुकै परुन् कारबाहीको दायरामा आउनुपर्छ, आउँछन् । अनुसन्धान क्रममा जो पर्छन् परुन्, व्यक्ति को हुन् भनेर हेरिएको छैन ।’

महरा सुन तस्करसँग जोडिएका समाचार बाहिरिएपछि सत्ता र शक्तिको आडमा छानबिन नगरेको भन्दै सरकारमाथि चौतर्फी आलोचना भइरहेको छ । सरकारमा भएका दलका शीर्ष नेता जोडिएको विषयमा अनुसन्धान र अभियोजन पनि नहुने, सम्बन्धित दलबाट पनि सोधपुछसम्म नहुनुले प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायकै निष्पक्षतामा प्रश्न उठेको छ । महराको सम्बन्धमा माओवादी पार्टीबाट समेत प्रश्न उठेको छैन । पूर्वसभामुख तथा सत्तारूढ माओवादी प्रवक्ता अग्नि सापकोटाले यस विषयमा आफूले पार्टीमा बुझेर मात्रै भन्न सक्ने प्रतिक्रिया दिए । ‘म हालै नयाँ जिम्मेवारीमा आएको छु । यस विषयमा बुझ्न पाइसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘अहिले कुरै नगरौं, बुझेर मात्रै भन्न सकिन्छ ।’

सरकारी वकिल कार्यालयले भने यो प्रकरणमा अनुसन्धानको काम जीवित नै राखेर तथ्य र प्रमाणले देखिएका व्यक्तिमाथि मुद्दा चलाइएको जनाएको छ । सुन भित्र्याउने तीन जना चिनियाँ फरार रहेका कारण उनीहरूलाई कानुनी दायरामा ल्याउँदा हाल निगरानीमा रहेका अरू व्यक्तिमाथि थप अनुसन्धान अघि बढाइने कार्यालयको भनाइ छ । केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले ९ केजी सुन प्रकरणको मुद्दामा अनुसन्धान खुलै राखेर पक्राउ परेका ९ जनाविरुद्ध अदालतमा अभियोजन गरिएको बताएका थिए । सुन भित्र्याउने व्यक्ति फरार रहेका कारण नेपालमा उनीहरूसँग सम्पर्कमा रहेका केही निगरानीमै रहेको उनको भनाइ छ ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । भेप जाँचपासका क्रममा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा राखेर थप अनुसन्धान अघि बढेको थियो । सामान करिब डेढ महिना भन्सार गोदाममै थन्किएको थियो । त्यहीबीच केही कर्मचारीलाई हातमा लिएर गिरोहले भन्सारमा सुन रहेका भेप उम्काएर बजारबाट किनेर ल्याएर फेरबदल गरेको थियो । सामान साटफेर हुनुअघि सुन भएको भेप छुटाउन महरा बाबु–छोराले कर्मचारी, गिरोहका सदस्य र बिचौलियासँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य अनुसन्धानबाट खुलिसकेको छ ।

भन्सारले नियन्त्रणमा लिएका भेप लिलामी प्रक्रियामा लैजान सुरसार गरेपछि गिरोहकै एक व्यक्ति आएर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेको थियो । तर, त्यो बेलासम्म गिरोहले सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुल्यो । त्यसपछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएका थिए । ब्युरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा भित्रिएको सुन छुटाउन महरा बाबु–छोरा परिचालन गरेको पोल खुलेको थियो । तर, सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि दुबईबाट आएको तेस्रो दिन ली पुस १३ मा विदेश भागिसकेका थिए । अर्का एक चिनियाँ गत वैशाख १५ मा विदेश भागेको अनुसन्धानबाट खुलेको छ । तस्करीको सुन व्यवस्थापन जिम्मा पाएका गिरोहका अर्का सदस्य चिनियाँ नागरिक, सुन व्यवस्थापनमा काठमाडौंमै रहेका अरू तीन चिनियाँ र उनीहरूका सहयोगीसमेत अहिले फरार छन् । फरार रहेका दाओजिन वाङसँग

आफ्नो पुरानै चिनजान र सम्पर्क रहेको पूर्वसभामुख महराले स्वीकार गरेका छन् । सुन तस्करीमा यसलाई जोडेर नहेर्न उनले आग्रह गरेका छन् । तर, उनको दाबीविपरीत तस्करीको नेटवर्कसँग महरा, उनका छोरा राहुल र गिरोहका अरू सदस्यबीच भन्सारले भेप नियन्त्रणमा लिएपछि सामान छुटाउन पटक–पटक कुराकानी भएको देखिन्छ ।

सुन ल्याउने चिनियाँ गिरोहका लीले पूर्वसभामुख महरालाई फोन गरेको देखिन्छ । अर्का सुन तस्कर दाओजिन वाङसँग पनि उनको पटक–पटक कुरा भएको अनुसन्धानले देखाएको छ । त्यसपछि लीको लोकेन्द्र पौडेल र श्याम शाहसँग सम्पर्क हुन्छ । यो बीच वाङले पौडेल, शाह, असिन र महराका छोरा राहुलसँग सम्पर्क गर्छन् । राहुलको आसिन र पौडेलसँग पनि पटक–पटक सम्पर्क भएको देखिन्छ । यो नेटवर्कमा रहेकामध्ये लीको महरा, वाङ, पौडेल, शाह, असिन र खुवाप्रसाद न्यौपानेसँग सम्पर्क देखिन्छ । लीले वाङसँग फेरि कुरा गरेपछि नेपालमा भएका गिरोहसँग अर्को नेटवर्कमा कुरा हुन्छ । प्रहरी अनुसन्धानमा उनीहरूको सम्पर्क सुन बेचबिखनमा रहेको समूह ९पक्राउ परी मुद्दा दायर भइसकेको० का रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदी लगायतसँग भएको देखिन्छ ।

तर, यो प्रकरणमा भेप चोरी गरेर सुन बेच्ने गिरोहमाथि मात्रै मुद्दा चलेको छ । भेपको आवरणमा भएको सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित गिरोहका सदस्यहरू दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापाविरुद्ध मात्रै संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । प्रहरी स्रोतले सुन ल्याउने गिरोहमाथि अनुसन्धान जारी रहेको र त्यसको कनेक्सनमा भएका व्यक्ति निगरानीमै रहेको बताएको छ । ‘यसअघि भेपको सुन चोरेर बिक्री गर्नेमाथि मुद्दा दायर भएको हो । अहिले सुन ल्याउने व्यक्ति र तिनको नेटवर्कमा रहेकामाथि अनुसन्धान जारी छ,’ अनुसन्धान स्रोतले भन्यो ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानको काम अझै भइरहेको बताए । ‘पक्राउ परेका आरोपितको हकमा अनुसन्धानको समयसीमाका कारण तोकिएको समयभित्र प्रतिवेदन बुझाउने र अभियोजन गर्नुपर्ने बाध्यता हुन्छ, नौ केजीको हकमा पनि त्यही भएको हो,’ उनले भने, ‘बाँकी अनुसन्धान निरन्तर चलिरहेको छ । तथ्य र प्रमाणले भेटेसम्म संलग्नलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ उनले पछिल्लो समय भेप, ब्रेक सुलगायतको आवरणमा सुन लुकाएर ल्याउने गिरोह र यसअघिका सुन प्रकरणसँग पनि कनेक्सन देखिन सक्ने भएर त्यतातिर पनि नजर लगाएर अनुसन्धान जारी रहेको उनले बताए । कान्तिपुरबाट

Related

Previous Post

आज देशैभरी पानी पर्ने सम्भावना केही सुदुरपश्चिम क्षेत्रमा भारी बर्षा

Next Post

पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरामा बिराेध

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 
TOP STORIES

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
TOP STORIES

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
मेयर बालेन बिरूद्ध प्रदर्शन

पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरामा बिराेध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल र म्याक्स हेल्थकेयर इण्डिया बीच सम्झौता, १२ प्रतिशत छुट पाउने

नबिल र म्याक्स हेल्थकेयर इण्डिया बीच सम्झौता, १२ प्रतिशत छुट पाउने

बुधबार, अशोज १२, २०७९
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

बिहिबार, भदौ १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

बुधबार, जेष्ठ १३, २०८३
नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

बुधबार, जेष्ठ १३, २०८३
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 
TOP STORIES

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

मङ्लबार, जेष्ठ १२, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
TOP STORIES

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

मङ्लबार, जेष्ठ १२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In