Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुनकोशी – मरिन डाभईभर्सनः २६ परिवारका १ सय १६ जना विस्थापित हुने

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ ३, २०८१
in FEATURED, समाचार
0
सुनकोशी – मरिन डाभईभर्सनः २६ परिवारका १ सय १६ जना विस्थापित हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रूद्रबहादुर खड्का

जेठ ३, सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि २६ घरपरिवारका १ सय १६ जना विस्थापित हुने भएका छन् । आयोजनाका अनुसार सिन्धुलीतर्फ २० र रामेछाप तर्फका ६ परिवारलाई स्थानान्तरण गर्नुपरेको हो ।

यसबाहेक जम्मा ४५ दशमलव ४६ हेक्टर जमिन अधिग्रहण गरिएको छ भने ५२ वटा घरगोठ विस्थापित हुने भएका छन् । यी सबैका लागि आयोजनाले जम्मा ८५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि आयोजनाका कारण बीपी हाइवेको ९ सय मिटर सडक सार्नुपर्ने जनाइएको छ ।

You might also like

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माणको काम भइरहेको छ । यससँगै दोलखाबाट बगेर आउने तामाकोशी नदीतर्फ ६ दशमलव २ किलोमिटर परसम्म पानी जम्छ । यस्तै सुनकोशीतर्फ २ किलोमिटरभन्दा लामो क्षेत्रमा पानी जम्छ । यससँगै त्यस क्षेत्रमा ठुलो ड्याम बन्ने र पर्यटन क्षेत्र चलायमान बन्ने आयोजनाको विश्वास छ । तर, यसको आधिकारिक अध्ययन भने भइसकेको छैन । आयोजना प्रमुख मित्र बरालले भने, “अहिले गढी र खुर्कोट क्षेत्र भारतीय पर्यटकले भरिभराउ छन् । सुनकोशीमा ड्याम बनेपछि त्यस क्षेत्रमा पर्यटन पूर्वाधारमा लगानी हुनेछ । ‘भारतको विहार र उत्तर प्रदेशका पर्यटक केन्द्रमा रहे पनि धेरै चहलपहल बढ्नेछ,” बरालले बताए, “अहिले नै अंग्रेजलाई नेपालीले हराएको ठाउँ गढी हेर्न आउने भारतीय लगायत अन्य देशका मानिसहरु ओइरो लागेको छ ।”

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेपनि आयोजना निर्माणको काम धेरै बाँकी छ । जसमध्ये पहिलो चरणको सुरुङ मात्रै खनेर सकिएको हो । ‘ब्रेकथ्रु’ भए पनि अहिले नै सुरुङमा पानी हाल्न मिल्दैन । “सुरुङलाई वारपार मात्रै गरिएको हो,” आयोजना प्रमुख बरालले भने, “यो सुरुङको कूल कामको ९० प्रतिशत मात्रै हो ।” वारपार छेडिएसँगै अब सुरुङलाई एक्स–रे गरिन्छ । जुन बाँकी १० प्रतिशत काम भित्र पर्छ ।

बरालका अनुसार अब १३ दशमलव ३ किलोमिटर लामो सुरुङमा ‘ग्राउन्ड पेनिट्रेसन राडार सर्भे’ गरिन्छ । यसो गर्दा सुरुङ भित्रको भौगोलिक बनावटबारे जानकारी मिल्छ । एक्स–रे गरेपछि सुरुङको कुन क्षेत्रमा पानीको कति प्रेसर पर्दा चुहावट र क्षति हुन्छ भन्ने जानकारी मिल्छ । यसपछि पानीले क्षति पु¥याउने सुरुङको कमजोर क्षेत्रमा ‘केमिकल’ र ‘सिमेन्ट’मार्फत ‘ट्रिटमेन्ट’ गरिन्छ । यो चरणको ‘ट्रिटमेन्ट’बाट पनि कमजोर क्षेत्र मजबुत बनेन भने ‘ड्रेन ट्रिटमेन्ट’ गर्नुपर्छ ।

यसपछि चुहावट हुने कमजोर भूभाग मजबुत बन्छ र सुरुङ भित्र पानी चुहावट हुँदैन । यी नै कामहरू सुरुङको सम्पन्न हुन बाँकी १० प्रतिशत कामको सूचीमा पर्छन् ।
आयोजनाले निर्माणको कामलाई चार चरणमा विभाजित गरेको छ । सुरुङ खन्ने र यसमा पानी हाल्ने गरी निर्माण गर्नु पहिलो चरणमा पर्छ । यसपछि पानी जम्मा गर्ने ब्यारेज र पारवहाउस निर्माणको काम दोस्रो चरणमा छन् ।

तेस्रो चरणमा ३१ मेगावाटभन्दा बढी बिजुली उत्पादन र चौथो चरणमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारणलाइनमा जोड्न ४४ किलोमिटर लामो प्रशारणलाइन निर्माण पर्छ । र, उत्पादित बिजुली नवलपुरको सब स्टेसनमा जोडिन्छ । यसपछि आयोजनाको पूर्ण निर्माण सकिन्छ र पूर्णरुपमा आर्थिक गतिविधिमा केन्द्रित हुन्छ । हालसम्म सम्पूर्ण आयोजनाको कूल भौतिक प्रगति भने ३० प्रतिशत छ ।
सुरुवातमा ४६ अर्ब १२ करोड रुपैयाँको लागत अनुमान गरिए पनि निर्माण सकिँदासम्म लागत अनुमान बढेर ४९ अर्ब ४२ करोड पुगेको छ । सिँचाइसहित बिजुलीसमेत उत्पादन हुने भएकाले यो आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । बिजुली उत्पादनबाट वार्षिक १ अर्ब ५५ करोड रुपैयाँ आम्दानी हुनेछ । कृषि क्षेत्र र बिजुली गरी वर्षमा आयोजनाबाट ११ अर्ब ८५ करोड रुपैयाँको योगदान अर्थतन्त्रमा प्रत्यक्ष रूपमा दिने बताइन्छ । यसबाहेक, सुरुङबाट लगिने सुनकोशीको ६७ क्यूमेक पानीमध्ये ३ क्यूमेक पानी खानका लागि छुट्याउने गरी अध्ययन भइरहेको छ ।

२०८४ असोजमा निर्माण सक्ने लक्ष्य लिइएको आयोजनाको शिलान्यास २०७७ साल फागुन २० गते भएको थियो । त्यसयता आयोजनाको कूल भौतिक प्रगति ३० प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति २८ प्रतिशत छ । यो ४९ अर्ब ४२ करोडमध्ये १३ अर्ब ६८ करोड खर्च भइसकेको हो ।
चालू वर्षमा भौतिक प्रगति १२५ प्रतिशत र वित्तीय प्रगति ९२ प्रतिशत छ । ‘चालू वर्षलाई छुट्याइएको रकम नपुगेपछि अर्थ मन्त्रालयमा १ अर्ब ४० करोड बजेट माग गरिएको छ,’ आयोजना प्रमुखले भने । निर्माणकर्ता चिनियाँ कम्पनीले ३६ प्रतिशत घटेर सुरुङको निर्माण ठेक्का पाएको थियो । १५ अर्ब ५९ करोड लागत अनुमान गरिएको सुरुङ खन्ने काम चिनियाँ कम्पनीले १० अर्ब ५ करोडमा ठेक्का लिएको थियो ।

सुरुङ खन्ने काम सकिए पनि आयोजनाको ब्यारेजको काम अघि बढेको छैन । सुरुङ खन्ने काम चुनौतीपूर्ण भएकाले ब्यारेजको काम सुरु नगरेको आयोजना बताउँछ । भेरी–बबई डाइभर्सनको सुरुङ चुरेमा मात्रै खनिएको थियो । तर, सुनकोशी मरिनमा चुरेसँगै महाभारत पर्वत शृखलामा पनि सुरुङ खन्नुपर्ने थियो । सोहीकारण दुई फरक भौगोलिक क्षेत्रमा सुरुङ खन्दा असफल भएमा ब्यारेजको लगानी खेर जाने भएकाले निर्माण अघि नबढेको बराल बताउँछन् ।

यसबाहेक बिजुली उत्पादनको जिम्मेवारी पाएको पटेल इन्डिया र रमन जेभीले काममा ढिलाइ गरिरहेका छन् । १२ अर्ब ४ करोड रुपैयाँ लागतको बिजुली उत्पादन परियोजनाको ३२ प्रतिशत मात्रै भौतिक प्रगति छ । सम्झौताअनुसार २०८४ साल असारसम्ममा बिजुली उत्पादनतर्फको काम सक्नुपर्ने हुन्छ । तर, ठेकेदार कम्पनीको कामको अहिलेको गतिअनुसार तोकिएको मितिमा काम सक्न गाह्रो पर्छ ।

Related

Previous Post

प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित

Next Post

राज्यले अटो क्षेत्रलाई जनताको अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : उपाध्यक्ष श्रेष्ठ

Sambridinews

Sambridinews

Related Posts

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

by Sambridinews
सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
राज्यले अटो क्षेत्रलाई जनताको  अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई जनताको अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : उपाध्यक्ष श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

बुधबार देशभरी फाटफुट वर्षाकाे सम्भावना ; शुक्रबारबाट घाम लाग्ने

बुधबार, फाल्गुन ९, २०८०
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

आइतवार, कार्तिक ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In