काठमाडौं । साफ महिला च्याम्पियनसिपको नेपाल उपविजेता भएको छ ।
सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशसँग ३–१ गोलले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बन्न पुगेको छ ।
नेपाललाई हराएको बंगलादेशले भने साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेर इतिहास बनाएको छ।
यसअघि पाँच संस्करणमा भारत च्याम्पियन बन्दा साफले छैटौं संस्करणमा नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको हो ।
यसअघि नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो । चार वटै फाइनलमा नेपाललाई भारतले हराएको थियो। नेपाल पाँचौ फाइनलमा भने बंगलादेशसँग पराजित भयो ।