Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले आगामी माघमा पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप अभियान सञ्चालन गर्दै

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १५, २०८१
in FEATURED, स्वास्थ्य
0
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान असनेज ५ सम्म
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप निःशुल्क दिने भएको हो ।

You might also like

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी माघदेखि खोप अभियान सञ्चालन गर्न योजना थालिएको बताए ।

उनका अनुसार ती उमेर समुहका करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।

आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने उनले बताए ।

‘माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप दिन्छौं ।’

उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए । यसअघि सरकारले सात संघीय अस्पतालमा डेमोष्ट्रेसन (नमूना) का रुपमा १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।

तर, यो अभियान यस वर्षको मात्र होइन । यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ ।

सपटक खोप दुई पटक दिनुपर्ने र केही खोप खेर जाने हुँदा करिब ३४ लाख डोज आवश्यक पर्ने उनले बताए ।

‘अर्को वर्षदेखि एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । यसवर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर, नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने ।

यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघर मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको कारण सरकारले नियमित खोप सञ्चालन गर्ने योजना बनाएको हो ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् ।

महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।

‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन । भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ,’ सुवेदीले भने ।

चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनुले हुने गर्छ ।

Related

Previous Post

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती

Next Post

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

Sambridinews

Sambridinews

Related Posts

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

by Sambridinews
बुधबार, अशोज १४, २०८३
आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि
FEATURED

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
Next Post
राखेपलाई ७२ लाखको सामाग्री सहयोग

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

आइतवार, बैशाख २, २०८१
नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

सोमवार, फाल्गुन १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In