Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा बजेट बढाउने सहमती पछि सुदूरपश्चिम सरकारको बजेट पारित

Sambridinews by Sambridinews
आइतवार, असार ३१, २०८०
in FEATURED
0
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा बजेट बढाएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि प्रस्तुत बजेट शनिबार राति पारित भएको छ । एमाले सांसदको बहिष्कारबीच प्रदेशसभाबाट बजेट पारित भएको हो ।

योजना तथा रकम बाँडफाँटमा विभेद भएको भन्दै यथास्थितिमा बजेट पारित नगर्ने अडानमा रहेका सुदूरपश्चिमका सत्तारूढ दलकै सांसद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट बढाएपछि सहमतिमा पुगेका थिए । आफ्नै सांसदको विरोधका कारण सुदूरपश्चिम सरकारलाई आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि प्रस्तुत बजेट पारित गराउनै धौधौ बनेको थियो ।

You might also like

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

सत्तारूढ सांसदले निर्णायक रूपमै अडान लिएपछि सरकारले सांसद विकास कोषमा हरेक निर्वाचन क्षेत्रका लागि विनियोजित रकम तीन करोडबाट बढाएर पाँच करोड बनाउने सहमति बनेपछि बजेट पारित भएको हो । सरकारको नेतृत्व गरिरहेको कांग्रेस, सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीका सांसद अडानमा टसमस नभएपछि अन्त्यमा सरकारले उनीहरूका माग सम्बोधन गर्ने लिखित सहमति गरेको हो । ३२ वटै निर्वाचन क्षेत्रका सांसदलाई रकम बढाउने निश्चित भएपछि तीनवटै सत्ता साझेदार पार्टीको संसदीय दलको बैठक बसेर बजेट पारित गर्ने निर्णय गरेका थिए । त्यस क्रममा निर्धारित समयमा बैठकसमेत बस्न नसकेर सरेको थियो ।

शुक्रबारको बैठक समापनका क्रममा सभामुख भीमबहादुर भण्डारीले शनिबार बिहान साढे आठ बजे सञ्चालन हुने भनेका थिए । तर अपराह्न तीन बजे पनि बैठक बस्न नसकेर पाँच बजेसम्मका लागि सारियो । त्यसमा पनि बैठक सुरु हुन नसकेपछि साँझ सात बजे सारिए पनि राति नौ बजे बसेको थियो । दिनभरको प्रतीक्षापछि अबेर सुरु भएको बजेटमाथिको छलफलका क्रममा माओवादी संसदीय दलका नेता खगराज भट्टले संक्षिप्त मन्तव्य राखेका थिए । उनले सरकारसँगको केही सहमतिपछि बजेट पारित गर्ने निर्णय भएको सभामा बताएका थिए । पटकपटक बैठक सारिएको भन्दै एमाले सांसद भने बैठक बहिष्कार गर्ने निर्णयसहित सभाहलबाट बाहिरिएका थिए ।

प्रतिपक्षी दलबिनै बजेट पारित गर्नु संसदीय परम्पराविपरीत हुने भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एउटा मात्र सांसद रहेको राप्रपाकी सांसद खिमादेवी विष्टसँग वार्ता गरेपछि सांसद विष्ट बैठकमा उपस्थित भएकी थिइन  । बजेटबारे दुई दिनयता सरकार र सत्तारूढ दलका नेताहरूबीच निकै माथापच्ची चलेको थियो ।

मुख्यमन्त्री शाहले निर्णायक छलफल गर्न भन्दै शनिबार बिहान १० बजे सत्ता साझेदार दलका नेतालाई वार्ताका लागि बोलाए पनि करिब डेढ घण्टा ढिलो गरी सुरु भएको बैठकमा अन्ततः सांसद कोषमा दुई करोड थपेर पाँच करोड बनाउने लिखित सहमति भएको थियो ।

Related

Previous Post

‘अला कार्ट’ शुल्क प्रणालीका नआएका कारण साउन १ गतेदेखि बिदेशी च्यानल बन्द हुनसक्ने सरकारको चेतावनी

Next Post

पर्वतको कुश्मा मा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पर्वतको कुश्मा मा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले आपराधिक घटनाका दोषीलाई आममाफी दिन सकिने प्रावधान थप्ने प्रस्ताव प्रति आयोगको आपत्ती

सरकारले आपराधिक घटनाका दोषीलाई आममाफी दिन सकिने प्रावधान थप्ने प्रस्ताव प्रति आयोगको आपत्ती

बुधबार, जेष्ठ ३, २०८०
१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

शनिबार, बैशाख २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In